कोहलपुरमा वर्ल्डलिंक शाखा कार्यालय स्थानान्तरण हुँदै


कोहलपुर — विगत ८ वर्षदेखि कोहलपुर क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको कोहलपुर शाखा कार्यालय स्थानान्तरण हुने भएको छ।
कम्पनीका अनुसार मिति २०८३ साल वैशाख १ गतेदेखि हाल रहेको भवनसँगै जोडिएको जनभावना क्याफे एण्ड रेस्टुरेन्टको माथिल्लो तलामा कार्यालय सार्न लागिएको हो।
नयाँ स्थानबाट पनि ग्राहकलाई अझ उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ। शाखाले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई उक्त जानकारी गराउँदै सेवा निरन्तर रहने विश्वास दिलाएको छ।
वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड
कोहलपुर शाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »