बाँके–बर्दिया जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा बागेश्वरी एकेडेमीकी आशिका के.सी प्रथम
नेपालगञ्ज, २०८३ असार ४ गते। सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्ज बाँकेको आयोजनामा सञ्चालित “विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” अन्तर्गत बाँके र बर्दिया जिल्लाका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूबीच “उद्यमशीलता र आत्मनिर्भर युवा” विषयक वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय बाँकेका शाखा प्रमुख श्री ऋषिराज शर्माज्यूको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू,…