Category: मुख्य समाचार
एभरेस्ट सैनिक मा.वि. कोहलपुरमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत
कोहलपुर । एभरेस्ट सैनिक माध्यमिक विद्यालय, कोहलपुरमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई भव्य रूपमा स्वागत गरेका छन्। कोहलपुर–१२ स्थित सुनाखरी होटलमा आयोजित स्वागत कार्यक्रममा विद्यार्थीहरूको उत्साह, सांस्कृतिक प्रस्तुति र शिक्षासम्बन्धी प्रेरणादायी मन्तव्यले कार्यक्रमलाई विशेष बनाएको थियो। कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता दीपक रोकायाले गरेका थिए। कार्यक्रममा…
भोटेकोशी बाढीपीडितको सहयोगमा कोहलपुर बागेश्वरी ई.मि स्कुलको २ लाख ७३ हजार आर्थिक सहयोग
कोहलपुर । मानवीय सेवा र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता प्रस्तुत गर्दै कोहलपुर नगरपालिका–३ स्थित कोहलपुर बागेश्वरी ईङ्लिस मिडिएम स्कुलले भोटेकोशी बाढीपीडितका लागि २ लाख ७३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिँदै विद्यालयले एन–प्याप्सन बाँके जिल्ला मार्फत चेक हस्तान्तरण गरी उक्त रकम सहयोग गरेको हो। शिक्षासँगै सामाजिक सेवा र मानवीय…
जन्मदिनमा भोज होइन, विद्यार्थीको भविष्यमा लगानी! पत्रकार भुवन थापाको अनुकरणीय पहल
जन्मदिनको खर्च कटाएर विद्यार्थीको स्वास्थ्य र शिक्षामा सहयोग, अन्यायविरुद्ध कलम चलाउने पत्रकार थापाको सामाजिक अभियान बाँके — जन्मदिनमा केक काट्ने, भोज गर्ने र अनावश्यक खर्च गर्ने परम्परालाई चुनौती दिँदै पत्रकार भुवन थापाले आफ्नो जन्मदिनलाई सामाजिक सेवामा समर्पित गरेका छन्। असोज ३ गते परेको आफ्नो जन्मदिनको अवसरमा थापाले बाँकेको राप्ती सोनारी गाउँपालिका–९, ढकेरीस्थित गणेश माध्यमिक विद्यालयमा…
गुनासो होइन, काम गरेर देखाए उमेशले; आफ्नै खर्चमा गरे भत्किएका सडक मर्मत
गुनासो गरेर बस्नुभन्दा आफैं समाधानतर्फ अघि बढे निर्माण व्यवसायी ठकुरी कोहलपुर । सडकमा खाल्डाखुल्डी छन्, सर्वसाधारणलाई सास्ती छ। सम्बन्धित निकायले मर्मत गर्ला भनेर पर्खिने धेरै छन्। तर, कोहलपुरका युवा निर्माण व्यवसायी उमेश जंग ठकुरी भने गुनासो गरेर बस्ने बाटो रोजेनन्। उनले आफ्नै खर्चमा सडक मर्मतको काम थालेका छन्। कोहलपुर नगरपालिका–११ स्थित नेपालगन्ज मेडिकल कलेजको पूर्वतर्फ…
कोहलपुर वडा नं. ११ मा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण सम्पन्न
कोहलपुर नगरपालिका वडा नं. ११ मा समुदायमा आधारित रोग निगरानी प्रणाली (CBS) सम्बन्धी वडास्तरीय एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। समुदायमै रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह तथा जनस्वास्थ्य संरक्षणमा स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा PHRD संस्थाकी सहजकर्ता एलिना थापाले समुदायमा आधारित रोग निगरानी…
कोहलपुर नगरपालिकाद्वारा ५०% अनुदानमा किसानलाई कृषि उपकरण वितरण
कृषिलाई आधुनिक, व्यवसायिक तथा प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गर्दै किसानहरूलाई विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको छ। वितरण गरिएका उपकरणहरू: नगरपालिकाका अनुसार यस कार्यक्रमले किसानहरूको श्रम, समय र उत्पादन लागत घटाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आधुनिक कृषि प्रविधिको प्रयोगलाई विस्तार…
बाँके–बर्दिया जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा बागेश्वरी एकेडेमीकी आशिका के.सी प्रथम
नेपालगञ्ज, २०८३ असार ४ गते। सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्ज बाँकेको आयोजनामा सञ्चालित “विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” अन्तर्गत बाँके र बर्दिया जिल्लाका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूबीच “उद्यमशीलता र आत्मनिर्भर युवा” विषयक वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय बाँकेका शाखा प्रमुख श्री ऋषिराज शर्माज्यूको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू,…
कोहलपुरमा प्रथम कोहलपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदै
प्रथम कोहलपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३’ सञ्चालन हुने भएको छ । कोहलपुर ब्याडमिन्टन क्लबको आयोजनामा वैशाख ११ गतेदेखि कोहलपुर–१४ हवल्दारपुर कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात् गर्दै पहिलो पकट कोहलपुरमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष चण्डीप्रसाद गैरेले बताए । बुधबार…
बाँकेका निर्माण व्यवसायीको चेतावनी : “महँगी अनुसार दररेट कायम नगरिए निर्माण कार्य रोकिन्छ”
कोहलपुर — बाँकेका निर्माण व्यवसायीहरू यतिबेला चर्को महँगीका कारण गम्भीर संकटमा परेको बताएका छन्। बाँके निर्माण व्यवसायी संघ ले जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाउँदै निर्माण क्षेत्रमा प्रयोग हुने डिजेल, पेट्रोल, मटेरियल लगायतका सामग्रीको मूल्य अत्यधिक बढेकोले निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेको जनाएको छ। संघले इन्धन, सिमेन्ट, छड, गिट्टी, बालुवा लगायतका सामग्रीमा भएको अस्वाभाविक…
कोहलपुरमा वर्ल्डलिंक शाखा कार्यालय स्थानान्तरण हुँदै
कोहलपुर — विगत ८ वर्षदेखि कोहलपुर क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको कोहलपुर शाखा कार्यालय स्थानान्तरण हुने भएको छ।कम्पनीका अनुसार मिति २०८३ साल वैशाख १ गतेदेखि हाल रहेको भवनसँगै जोडिएको जनभावना क्याफे एण्ड रेस्टुरेन्टको माथिल्लो तलामा कार्यालय सार्न लागिएको हो।नयाँ स्थानबाट पनि ग्राहकलाई अझ उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले…