प्याब्सन निर्देशन : वैशाख २ गतेदेखि भर्ना, १५ गतेबाट पठनपाठन

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (प्याब्सन) ले नयाँ विद्यार्थी भर्ना वैशाख २ गतेदेखि शुरु गर्न निर्देशन दिएको छ

वैशाख १५ गतेबाट शैक्षिक सत्र शुरु गर्ने सरकारी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पर्ने भन्दै प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुलाई यस्तो निर्देशन दिएको हो ।

प्याब्सन अध्यक्ष गीता क्षेत्री र महासचिव प्रतापबहादुर थापाद्धारा संयुक्त रुपमा जारी विज्ञप्तिमा जारी गर्दै वैशाख १५ गतेदेखि पठनपाठन थाल्न भनिएको छ । 

साथै, बिदा मिलान गरी पाठ्यदिन दुई सय २० दिन कायम गर्न, ट्रेनिङ्ग, कार्यशाला गोष्ठी, प्रतियोगिता, अभिभावक दिवसहरु शनिबार वा आइतबार राख्नसमेत निर्देशन दिइएको छ । 

नयाँ भर्ना हुन आउने विद्यार्थीबाट एक पटकमात्र शुल्क लिन र नियमानुसार मासिक, प्रत्येक महिना वा वार्षिक शुल्क वर्षमा एक पटक लिन पनि विज्ञप्तिमा उल्लेख छ ।

Oplus_131072

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »