तमु ह्युल छोंज धीँ (गुरुङ राष्ट्रिय परिषद्) कोहलपुरको अध्यक्षमा लक्ष्मी घले गुरुङ निर्वाचित

कोहलपुर, असार २७ — तमु ह्युल छोंज धीँ (गुरुङ राष्ट्रिय परिषद्) इकाई समिति, कोहलपुरको अधिवेशनबाट लक्ष्मी घले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रेम गुरुङ, सचिवमा रजनी लामा गुरुङ, कोषाध्यक्षमा पार्वती लामा गुरुङ तथा सह-कोषाध्यक्षमा दिलमाया गुरुङ चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा टेकबहादुर गुरुङ, कुलबहादुर गुरुङ, ज्योति गुरुङ, यमराज गुरुङ र अमृता गुरुङ चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष लक्ष्मी घले गुरुङसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नवगठित समितिले गुरुङ समुदायको हकहित, भाषा, कला, संस्कृति तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

यसै अवसरमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी जिम्मेवारी हस्तान्तरण गर्ने निवर्तमान कार्यसमितिप्रति हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दै उहाँहरूको योगदानको उच्च प्रशंसा गरिएको छ।

कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वले संस्थालाई अझ सशक्त, सक्रिय, समावेशी र उपलब्धिमूलक ढंगले अगाडि बढाउने विश्वास व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »