इलाका प्रहरी कार्यालय कोहलपुरको सफलता : अवैध लागुऔषधसहित युवक पक्राउ

बाँके ।इलाका प्रहरी कार्यालय कोहलपुरले ठूलो मात्रामा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार बेलुकी करिब ४:३० बजे जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका जुम्ला सिंजा गाउँपालिका–७ का २५ वर्षीय नबिन तिवारीलाई नियन्त्रणमा लिएर तलासी गर्दा तिवारीले बोकेको Royal Gurkha लेखिएको झोलाबाट रातो प्लास्टिकमा लुकाइएका ७८ पत्ता…

Read More

नीलसागर आश्रममा राष्ट्रिय युवा संघ कोहलपुरद्वारा सम्मान तथा भोजन कार्यक्रम सम्पन्न

कोहलपुर । राष्ट्रिय युवा संघ नेपाल, कोहलपुर नगरकमिटीको आयोजनामा शनिबार नीलसागर आश्रम, कोहलपुरमा विशेष भोजन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आश्रममा बसोबास गर्ने वृद्धवृद्धासँगै अन्य अतिथिहरूसँग सामूहिक भोजन गरिनुका साथै सामाजिक उत्तरदायित्वप्रति संघको प्रतिबद्धता प्रकट गरिएको थियो। कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल, कोहलपुर नगरकमिटीका अध्यक्ष मानस शाहीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा…

Read More

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज : लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय र प्रयाेगकर्तालाई समाजमा पुनःस्थापन गर्नुपर्नेमा छलफल भएको छ । तर बिक्रेता जाेगिने प्रयाेगकर्ता ‘फस्ने’ अवस्था सिर्जना भएको छ । शनिबार नेपालगन्जमा रिकभरिङ नेपाल लुम्बिनी प्रदेश समितिले सराेकारवालाबीच दुर्व्यसनी र फाैजदारी मुद्दा र दण्डका बिकल्पहरु सम्बन्धि छलफलमा सराेकारवाला पक्षले यस्ताे बिषयकाे उठान गरेका थिए । उनीहरुले लागुऔषधका…

Read More

बाँकेमा पहिलो शिक्षा सम्मेलन : सामुदायिक विद्यालय सुधारका नयाँ दृष्टिकोण

नेपाल प्रधानाध्यापक सङ्घ (PAN) बाँकेको आयोजनामा पहिलो जिल्ला शिक्षा सम्मेलन–२०८२ शनिबार कोहलपुरमा सम्पन्न भएको छ। एक दिने यस विशेष कार्यक्रममा बाँके जिल्लाभरिका २५ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, आठवटा पालिकाका शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समिति का अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा शिक्षाप्रेमीहरू उल्लेख्य संख्यामा सहभागी भएका थिए।कार्यक्रम कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको…

Read More

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज, १३ भदौं । नेपालगन्ज १० नाइट रनको तयारी तीब चरणमा पुगेको छ ।नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् ।समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र…

Read More

जिल्ला प्रशासन कार्यालय अगाडि प्याब्सन बाँकेद्वारा कोणसभा

बाँके, भदौ १२जिल्ला प्रशासन कार्यालय बाँके अगाडि शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँके द्वारा आयोजित कोणसभा सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन लुम्बिनी प्रदेश सह–सचिव राजेन्द्र आचार्यले प्रस्तावित शिक्षा विधेयकले निजी विद्यालयलाई गैर–नाफामूलक बनाउनुपर्ने र पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था हटाइएन भने आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिनुभयो। त्यस्तै, बाँके जिल्ला प्याब्सन…

Read More

कोहलपुर मदनचोकमा तीज विशेष एकल नृत्य प्रतियोगिता भव्यतापूर्वक सम्पन्न

कोहलपुर ।मदनचोक बजार व्यवस्थापन समितिको आयोजना तथा कोहलपुर बागिना कला केन्द्रको व्यवस्थापनमा तीज विशेष एकल नृत्य प्रतियोगिता–२०८२ (भाद्र १० गते) कोहलपुर–३, मदनचोकमा भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णा केसि (नमुना) प्रमुख अतिथि रहनु भएको थियो भने कोहलपुर नगरपालिका–३ का वडा अध्यक्ष माधव रिजाल विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी…

Read More

वर्ल्डलिङ्क शाखा कार्यालय कोहलपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बिकल भट्टराई,कोहलपुर ।वर्ल्डलिङ्क शाखा कार्यालय कोहलपुरले सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार कार्यालय परिसरमै विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सक्रिय समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, वर्ल्डलिङ्कका कर्मचारी तथा विभिन्न क्षेत्रका युवाहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रमबाट करिब ३५ पिन्ट रगत संकलन गरिएको शाखा कार्यालयका म्यानेजर खगेन्द्र भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समयमा रगतको…

Read More

एन–प्याब्सन बाँकेको आयोजनामा अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न।

कोहलपुर, बाँके ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) बाँकेको आयोजनामा अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता शनिबार कोहलपुरमा सम्पन्न भएको छ । प्रतियोगिता एन–प्याब्सन बाँकेका अध्यक्ष किशोर मल्लको अध्यक्षता तथा कोहलपुर नगरपालिकाकी उप–प्रमुख संगीत सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन वेस्टर्न सेकण्डरी स्कूल कोहलपुरले गरेको थियो । प्रतियोगिता दुई तहमा सम्पन्न भएको…

Read More

कोहलपुरमा अवैध भन्सार छलीको सामानसहित मिनि ट्रक बरामद, एक जना नियन्त्रणमा

बाँके, कोहलपुर – आज दिउँसो करिब ३ बजेतिर बाँके जिल्ला कोहलपुर नगरपालिका–१४, हवल्दारपुरमा अबैध भन्सार छलिएको सामग्री बरामद भएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, कोहलपुर–१४ का स्थायी बासिन्दा र हाल कोहलपुर–९ बस्ने जसिराम रावलले भाडामा सटर लिएर गोदाम सञ्चालन गर्दै आएका थिए। प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको निगरानीका क्रममा क प्र ०२–००१ ख ०६०३…

Read More
Translate »