बैजनाथ हात्तिसारमा हात्तिको आतंक: च्याउ टिप्न गएकी महिलाको ज्यान गयो
पोष्टमार्टमका लागि शव भेरी अस्पताल, नेपालगञ्ज पठाइयो कोहलपुर, बाँके |बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ स्थित देउराली हात्तिसार क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले आक्रमण गर्दा च्याउ टिप्न गएकी एक महिलाको ज्यान गएको छ। प्रहरी चौकी चिसापानीका अनुसार चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढाको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो। मृतकका आफन्त लोकबहादुर रोकायका…