ज्ञानकुञ्ज स्कूलका विद्यार्थीद्वारा सरसफाइ तथा फोहोर व्यवस्थापनमा जनचेतनामूलक कार्यक्रम
कोहलपुर – Gyankunj E.M. School का कक्षा ५, ६ र ७ का विद्यार्थीहरूले सामाजिक विषयअन्तर्गत फोहोर व्यवस्थापन तथा सरसफाइ सम्बन्धी प्रयोगात्मक र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्। विद्यार्थीहरूले विद्यालय परिसर तथा वरपरका क्षेत्रहरूमा सरसफाइ अभियान सञ्चालन गर्दै फोहोरलाई वर्गीकरण गर्ने, पुन: प्रयोगयोग्य सामग्री छुट्याउने र वातावरणमैत्री व्यवहारको अभ्यास गर्ने गतिविधिमा सहभागी भएका थिए। कार्यक्रमको उद्देश्य…