प्रथम कोहलपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३’ सञ्चालन हुने भएको छ । कोहलपुर ब्याडमिन्टन क्लबको आयोजनामा वैशाख ११ गतेदेखि कोहलपुर–१४ हवल्दारपुर कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो

राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात् गर्दै पहिलो पकट कोहलपुरमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष चण्डीप्रसाद गैरेले बताए । बुधबार पत्रकार सम्मलेनमा बोल्दै उनले खेलकुदको उदीयमान सहर कोहलपुरलाई प्रतियोगिताले खेलकुदको समग्र विकास र युवाहरूको प्रतिभा पहिचान गर्नुका साथै प्रोत्साहन गर्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरे प्रतियोगितामा स्थानीयदेखि राष्ट्रियस्तरका खेलाडीहरूको सहभागिता रहने जानकारी दिँदै उनले प्रतियोगिताले खेलाडीबीच खेल भावना अभिवृद्धि गर्नुका साथै कोहलपुरलाई राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्ने बताए । प्रतियोगितामा मेन्स डबल्स ‘ए’, मेन्स डबल्स ‘बी’, भेट्रान्स डबल्स खुला, मेन्स डबल्स बाँके जिल्लास्तरीय र केन्स डबल्स कोहलपुर नगरपालिकास्तरीय विधामा प्रतिस्पर्धा हुने भएको हो
जसमा मेन्स डबल्स ‘ए’को प्रथम पुरस्कार ७५ हजार, द्वितीय पुरस्कार ४० हजार, तृतीय पुरस्कार १५ हजार र सान्तवना पुरस्कार १५ हजार रहेको छ । त्यस्तै मेन्स डबल्स ‘बी’को प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार, तृतीय पुरस्कार १५ हजार र सान्तवना पुरस्कार १५ हजार रहेको छ ।
भेट्रान्स डबल्स खुलातर्फ प्रथम पुरस्कार ४० हजार, द्वितीय पुरस्कार २० हजार, तृतीय पुरस्कार १० हजार र सान्तवना पुरस्कार १० हजार रहेको छ । मेन्स डबल्स बाँके जिल्लास्तरीयतर्फको प्रथम पुरस्कार ३५ हजार, द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार ५ हजार र सान्तवना पुरस्कार ५ हजार रहेको छ ।मेन्स डबल्स कोहलपुर नगरपालिकास्तरीयतर्फ प्रथम पुरस्कार ३५ हजार, द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार ५ हजार र सान्तवना पुरस्कार ५ हजार रहेको छ । उक्त प्रतियोगितामा ‘ए’ लेभलका खेलाडीहरूका लागि बासको पनि व्यवस्थापन गरेको आयोजकले जनाएको छ। आगामी दिनहरूमा पनि प्रतियोगितालाई निरन्तरता दिँदै जाने जनाइएको छ ।