बाँके, कोहलपुर — कोहलपुरमा सक्रिय सामाजिक संस्था हाम्रो सुर्खेती एकता समाज बाँके ले एक क्यान्सर पीडितलाई ३० हजार ५३० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
पीडितको उपचारमा केही राहत पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
समाजका अध्यक्ष इन्द्र गुरुङ ले संस्थाले विगतदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक सहयोग, राहत सामग्री वितरण लगायतका मानवीय सेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएका छन्।
अध्यक्ष गुरुङले आगामी दिनहरूमा पनि दुःखी, विपन्न तथा सहयोग आवश्यक परेका नागरिकहरूलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय स्तरमा समाजले गर्दै आएको सहयोगात्मक कार्यप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका
क्यान्सर पीडितलाई हाम्रो सुर्खेती एकता समाज बाँकेको ३० हजार सहयोग