कोहलपुर नगरको नयाँ पहल: विपन्न परिवारका लागि घर बनाउन एक लाख ऋण सहायता
कोहलपुर, बाँके – कोहलपुर नगरपालिकाले आर्थिक रूपमा कमजोर नगरवासीहरूलाई लक्षित गरी नयाँ आवास निर्माण वा जीर्ण घर मर्मतका लागि अधिकतम एक लाख रुपैयाँसम्मको आवास ऋण सहायता उपलब्ध गराउने भएको छ। कोहलपुर नगरपालिका, लुमन्ती संस्था र एनएमबी बैंकको सहकार्यमा सञ्चालनमा ल्याइएको ‘आवास निर्माण कार्यक्रम’ अन्तर्गत विपन्न तथा अति विपन्न नगरवासीलाई सहयोग प्रदान गरिनेछ। कार्यक्रम अन्तर्गत आवासविहीन,…