भारतमा १५ तोला सुनका गहना र ८ लाख लुटेर आएका ६ नेपाली कोहलपुरमा पक्राउ
घरेलु कामदार बनेर विश्वास जितेपछि घरधनी नभएको मौका छोपी गहना र नगद लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ कालिकोटका नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेकाहरूको साथबाट १५ तोला सुनका गरगहना र सात लाख ८७ हजार रुपैयाँ बरामद गरिएको छ।बाँके जिल्ला अदालतले पक्राउ परेकालाई अनुसन्धानका…