सम्सेरगन्जमा ट्रक–टिप्पर ठोक्किँदा ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु, एक घाइते
कोहलपुर, बाँके – पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्तीसोनारी गाउँपालिका–२, सम्सेरगन्ज (माथेबास–जिरो सडक खण्ड)मा आज बिहान ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घटनामा टिप्परमा सवार भुवबहादुर खत्री (३५, राप्तीसोनारी–१, सिक्टा)को घटनास्थलमै मृत्यु भएको हो। उनको शव भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ। टिप्परमा सवार सुदीप चौधरी (२५, कोहलपुर–१५)…