Category: मुख्य समाचार
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
नेपालगञ्ज, बाँके — नेपालगञ्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली प्रहार गरी खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगञ्ज–५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने…
कोहलपुर–११ मा ३० परिवारलाई ‘स्वच्छ चुलो’ वितरण, १५ वडामा वितरण जारी
कोहलपुर नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा अति विपन्न, एकल महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ‘स्वच्छ चुलो’ वितरण गरेको छ। यो अभियानले नगर क्षेत्रका कमजोर आर्थिक अवस्था भएका परिवारलाई सुरक्षित, वातावरणमैत्री र दाउरा बचत हुने चुलो प्रयोगमा प्रोत्साहित गर्ने लक्ष्य लिएको छ। नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार ४५० चुलो वितरण गर्ने योजना छ। हालसम्म १३…
एनएक्स एजुकेशनल कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नेपालगञ्जकी प्रेरणा गिरी नियुक्त
नेपालगञ्ज, साउन २० – एनएक्स एजुकेशनल कन्सल्टेन्सी नेपालगञ्जले नेपाली चलचित्र क्षेत्रकी उदयमान कलाकार तथा कार्यक्रम सञ्चालिका प्रेरणा गिरीलाई आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ। कन्सल्टेन्सीले मंगलबार पत्रकार सम्मेलन गरी गिरीलाई औपचारिक रूपमा ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको जानकारी दिएको हो। कार्यक्रममा कन्सल्टेन्सीका सिइओ नवराज केसीले साइनिङ सेरोमनी मार्फत सम्झौता पत्र हस्तान्तरण गरेका थिए। ब्राण्ड एम्बेसडरमा नियुक्त…
कोहलपुरमा होर्डिङ बोर्ड आतंक: केही कन्सल्टेन्सीहरूको मनपरीले बजार कुरुप देखिदै
कोहलपुर, साउन २० – कोहलपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका कन्सल्टेन्सी तथा शिक्षासम्बन्धी संस्थाहरूले नगरपालिका नियमको अवहेलनासहित मनपरी ढंगमा राखेका होर्डिङ बोर्ड र प्रचार सामाग्रीका कारण बजार क्षेत्र दिनप्रतिदिन कुरूप बन्दै गएको छ। नगरको मुख्य सडकदेखि भित्री गल्लीसम्म फैलिएको विज्ञापनको अव्यवस्थित जालोले न केवल नगरको सौन्दर्य बिगारिरहेको छ, दुर्घटनाको जोखिम समेत बढाइरहेको छ। थिङ्क एजुकेसनल कन्सल्टेन्सी,…
नेपालगन्जबाट रुकुम जाँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना, १४ जना घाइते
सल्यान, – बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमका लागि छुटेको यात्रुबाहक फोर्स गाडी सल्यानमा दुर्घटनामा पर्दा १४ जना यात्रु घाइते भएका छन्। भे १ ख ३९९४ नम्बरको उक्त गाडी नेपालगन्जबाट सल्यानको राघेचौरहुँदै रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गर्दा सल्यानको कुमाख गाउँपालिका–२ स्थित बढाइ ज्यूला नजिकै आज दिउँसो १ बजे दुर्घटनामा परेको हो। प्रहरीका अनुसार गाडी आफै अनियन्त्रित भई…
४७औं पुष्पलाल स्मृति दिवसमा राप्ती सोनारीमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
राप्ती सोनारी -बाँके नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) राप्ती सोनारी गाउँपालिका–३ द्वारा आयोजित वडा स्तरीय अन्तरक्रिया कार्यक्रम एक भव्य र सुसंगठित रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) वडा नम्बर ३ का अध्यक्ष क. मिन कुमार चौधरीले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले)…
एमाले शिक्षा तथा मानव श्रोत विभाग बाँकेद्वारा बधाई एवं सम्मान कार्यक्रम सम्पन्न
कोहलपुर, श्रावण २३ –शैक्षिक सत्र २०८१ को SEE परीक्षामा बाँके जिल्लाबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र विद्यार्थीहरू, साथै अनेरास्ववियु, नेपाल राष्ट्रिय शिक्षक संगठन तथा नेपाल बौद्धिक परिषदको केन्द्रिय कमिटिमा प्रतिनिधित्व गर्ने बाँके जिल्लाका व्यक्तित्वहरूलाई नेकपा (एमाले) शिक्षा तथा मानव श्रोत विभाग, बाँकेद्वारा आयोजित एक विशेष कार्यक्रममा बधाई तथा सम्मान गरिएको छ। शनिबार सम्पन्न सो कार्यक्रममा…
बैजनाथ हात्तिसारमा हात्तिको आतंक: च्याउ टिप्न गएकी महिलाको ज्यान गयो
पोष्टमार्टमका लागि शव भेरी अस्पताल, नेपालगञ्ज पठाइयो कोहलपुर, बाँके |बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ स्थित देउराली हात्तिसार क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले आक्रमण गर्दा च्याउ टिप्न गएकी एक महिलाको ज्यान गएको छ। प्रहरी चौकी चिसापानीका अनुसार चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढाको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो। मृतकका आफन्त लोकबहादुर रोकायका…
“SEE मा बाँके टपर दिएको बिभिएम स्कुलमा कक्षा ११ मा भर्ना खुला”
कोहलपुर, बाँके ।गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जिपिए ल्याएर बाँके जिल्लामै टपर बन्न सफल सृजना डिसीको अध्ययन संस्था बिभिएम सेकेन्डरी स्कुल हाल विद्यार्थी र अभिभावकमाझ थप चर्चामा आएको छ। कोहलपुर–६ मा अवस्थित बिभिएम स्कुलले उत्कृष्ट नतिजासहितको शैक्षिक वातावरण प्रदान गर्दै आएको र त्यसकै परिणामस्वरूप जिल्लाकै टपर उत्पादन गर्न सफल भएको बताइएको छ।…
SEE मा ४ GPA ल्याउँदै बाल विद्या बोर्डिङकी सृजना डिसीले कोहलपुरको नाम चम्काइन्
कोहलपुरमा अवस्थित बाल विद्या बोर्डिङ स्कुलकी छात्रा सृजना डिसीले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा पूर्ण ४.०० GPA ल्याएर ऐतिहासिक सफलता हात पार्न सफल भएकी छन्। उनको यो उपलब्धि हालसम्म बाँके जिल्ला र कोहलपुर क्षेत्रबाट प्राप्त भएको सबैभन्दा उच्च नतिजा हो, जसले उनलाई कोहलपुर–बाँकेकै इतिहासमा नाम चम्काउने विद्यार्थी बनाएको छ। उत्कृष्ट मेहनत, अनुशासन र…