Bikal Bhattarai

कोहलपुर–११ मा ३० परिवारलाई ‘स्वच्छ चुलो’ वितरण, १५ वडामा वितरण जारी

कोहलपुर नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा अति विपन्न, एकल महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ‘स्वच्छ चुलो’ वितरण गरेको छ। यो अभियानले नगर क्षेत्रका कमजोर आर्थिक अवस्था भएका परिवारलाई सुरक्षित, वातावरणमैत्री र दाउरा बचत हुने चुलो प्रयोगमा प्रोत्साहित गर्ने लक्ष्य लिएको छ। नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार ४५० चुलो वितरण गर्ने योजना छ। हालसम्म १३…

Read More

राष्ट्रिय क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको ब्रान्ड एम्बासडर नियुक्त

कोहलपुर, १५ साउन — नेपाली महिला क्रिकेटको चम्किलो नाम, राष्ट्रिय टोलीकी पूर्व उप–कप्तान ममता थापा अब शैक्षिक परामर्श क्षेत्रमा समेत सशक्त रुपमा देखिने भएकी छन्। उनी ‘ग्लोबल युनि नेटवर्क’को ब्रान्ड एम्बासडरमा नियुक्त भएकी हुन्। कोहलपुरमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत थापालाई एक वर्षका लागि संस्थाको आधिकारिक प्रतिनिधिका रूपमा नियुक्त गरिएको हो। कार्यक्रममा ग्लोबल युनि नेटवर्कका निर्देशक…

Read More

कोहलपुर नगरको नयाँ पहल: विपन्न परिवारका लागि घर बनाउन एक लाख ऋण सहायता

कोहलपुर, बाँके – कोहलपुर नगरपालिकाले आर्थिक रूपमा कमजोर नगरवासीहरूलाई लक्षित गरी नयाँ आवास निर्माण वा जीर्ण घर मर्मतका लागि अधिकतम एक लाख रुपैयाँसम्मको आवास ऋण सहायता उपलब्ध गराउने भएको छ। कोहलपुर नगरपालिका, लुमन्ती संस्था र एनएमबी बैंकको सहकार्यमा सञ्चालनमा ल्याइएको ‘आवास निर्माण कार्यक्रम’ अन्तर्गत विपन्न तथा अति विपन्न नगरवासीलाई सहयोग प्रदान गरिनेछ। कार्यक्रम अन्तर्गत आवासविहीन,…

Read More

“बागेश्वरी वेस्टर्न स्कुलले सुरु गर्‍यो विद्यालयस्तरीय प्रिमियर लिग क्रिकेट”

राप्तीसोनारी–२, मधुई (बाँके) –बाँकेको राप्तीसोनारी–२ मधुईमा अवस्थित बागेश्वरी वेस्टर्न इंग्लिश मिडियम स्कूलले पहिलोपटक जुनियर तहका विद्यार्थीहरूका लागि ‘बागेश्वरी वेस्टर्न प्रिमियर लिग (BWPL)’ आयोजना गर्ने भएको छ। तीन दिने यो प्रतियोगिता साउन २९ देखि ३१ गतेसम्म (अगस्ट १४–१६) मधुई मैदानमा सम्पन्न हुनेछ। फ्रेन्चाइज मोडेलमा आधारित प्रतियोगितामा तीन टिमको सहभागिता रहनेछ। खेल सिंगल राउण्ड–रोबिन लिग ढाँचामा हुनेछ,…

Read More

सुर्खेतमा काठको टुक्राले टाउकोमा प्रहार गरी महिलाको हत्या, श्रीमान पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ सुगरखोलामा एक पुरुषले आफ्नै श्रीमतीको काठको टुक्रा प्रहार गरी हत्या गरेका छन्। मृतक करिब ४० वर्षीया रबिना ठाडा मगरलाई उनका श्रीमान् ४२ वर्षीय दानसिंह ठाडा मगरले आज बिहान करिब साढे १ बजेको समयमा सुतिरहेकै अवस्थामा खाटको खुट्टा बनाउन राखिएको काठको टुक्रा प्रयोग गरी टाउकोमा आक्रमण गरेका थिए। घटनास्थलमै रबिनाको ज्यान गएको जिल्ला…

Read More

धानबाली सुक्दै, किसान आकाश ताक्दै — बाँकेमा खडेरीको मार

समयमै वर्षा नहुँदा बाँकेका किसान दिनभर आकाश हेर्दै आशामा बस्न बाध्य भएका छन्। खडेरी र पानीको अभावले जिल्लाभरि धानबाली संकटमा पर्न थालेका छन्। कोही खेतमा रोपाइँ गर्न पाएका छैनन् भने, कतै रोपिएका धान सुक्न थालेका छन्। जिल्लामा सञ्चालित सिक्टा सिँचाइ आयोजना केही क्षेत्रमा उपयोगी भए पनि, अधिकांश भू–भाग अझै वर्षा पानीमै निर्भर रहेको देखिन्छ। नरैनापुर,…

Read More

तीन हजार कावड यात्रीद्वारा नेपालगञ्जस्थित जुँगे महादेवमा जल अर्पण

भारत–नेपाल धार्मिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यसहितको यात्रा सम्पन्न नेपालगञ्ज : भारतको उत्तरप्रदेश राज्य अन्तर्गत नानपारा तहसील क्षेत्रका करिब तीन हजार कावड यात्रीले बिहीबार नेपालगञ्ज पुगेर ऐतिहासिक बागेश्वरी मन्दिर परिसरभित्र रहेको खडेश्वर जुँगे महादेवलाई “मैत्री जल” अर्पण गरेका छन्। नानपारास्थित शिवपुर तकिया घाटबाट सरयू नदीको पवित्र जल लिएर बिहान नेपालगञ्ज आएका ती कावड यात्रीहरूले बागेश्वरी मन्दिर…

Read More

बागेश्वरी एकेडमी स्कुलद्वारा नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर, साउन ३ – बागेश्वरी एकेडमी इङ्ग्लिस मिडियम स्कूलले कक्षा–११ मा विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोहलपुर किरणनालास्थित होटल सेन्टर प्लाजा मा शनिबार आयोजना गरिएको हो। नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, मूल्य–मान्यता, अनुशासन र जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको…

Read More

केएमसी सेकेन्डरी स्कुलद्वारा कक्षा ११ का विद्यार्थीहरूका लागि सोसलाइजेसन कार्यक्रम सम्पन्न

कोहलपुर, साउन ५ गते –कोहलपुरस्थित केएमसी सेकेन्डरी स्कुलद्वारा नवप्रवेशी कक्षा ११ का छात्रछात्राहरूलाई लक्षित गरी सोसलाइजेसन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम कोहलपुर किरण नालास्थित होटल सेन्टर प्लाजामा विशेष रुपमा आयोजना गरिएको हो। कार्यक्रममा साइन्स, म्यानेजमेन्ट तथा ´ल` संकायमा अध्ययनरत गरी जम्मा १८३ जना छात्रछात्राहरूको उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रमको सभापतित्व स्कुलका सञ्चालक तथा प्रिन्सिपल सञ्जीव बाबु…

Read More

बाँके ट्राफिक: कारबाही, दुर्घटना न्युनिकरण र जनचेतनामा उल्लेख्य उपलब्धि

बाँके ,कोहलपुर — आर्थिक वर्ष २०८१/०८२ मा बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूबाट ३ करोड २६ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार, गत साउनदेखि असार मसान्तसम्म ३७ हजार ४३५ सवारी साधनलाई ट्राफिक नियम उल्लङ्घनको अभियोगमा…

Read More
Translate »