नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दन्त शिक्षा र उपचार सेवा सुरु ।
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले दन्त शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ। अस्पतालले गत श्रावण ४ गतेदेखि डेन्टल अस्पताल सञ्चालनमा ल्याएको हो, जसले दन्त शिक्षा र उपचार सेवासँगै समाजमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष्य राखेको छ। अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले पुष २५ गतेदेखि डेन्टल कलेजमा अध्ययन/अध्यापन…