कृषिलाई आधुनिक, व्यवसायिक तथा प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गर्दै किसानहरूलाई विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको छ।
वितरण गरिएका उपकरणहरू:
- २२ एच.पी. पावर टिलर – ६ थान (कृषि फार्म तथा कृषक समूह)
- १८ एच.पी. पावर टिलर – ३ थान (कृषक समूह)
- ९ एच.पी. मिनी टिलर – ९३ थान (कृषक, कृषक समूह, कृषि फार्म तथा कृषि सहकारी)
- रिपर – ३ थान (कृषि फार्म तथा कृषक समूह)
नगरपालिकाका अनुसार यस कार्यक्रमले किसानहरूको श्रम, समय र उत्पादन लागत घटाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आधुनिक कृषि प्रविधिको प्रयोगलाई विस्तार गर्दै कृषिलाई थप प्रतिस्पर्धी, उत्पादनमुखी र आत्मनिर्भर बनाउने अभियानलाई नगरपालिकाले निरन्तर अघि बढाइरहेको जनाएको छ। समृद्ध किसान, आधुनिक कृषि र आत्मनिर्भर कोहलपुर निर्माणको लक्ष्यसहित किसानमैत्री कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।