बाँकेको राप्ति नदीमा फसेका ३ जनाको सकुशल उद्धार

२६ असार, ।बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा सोही गाउँपालिका गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य छ ।उनीहरुलाई सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको हो । गाईवस्तु चराउन…

Read More

कोहलपुर -३ स्थित बागेश्वरी इ.मि स्कुलका सम्पर्क विहिन तीन बालक सकुशल फेला

कोहलपुर, २४ असार ।कोहलपुर -३ मदनचोक स्थित बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालकलाई प्रहरीले फेला पारेको छ ।गत असार २२ गते विद्यालयबाटै बेपत्ता भएका कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवन नाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्कालाई कोहलपुर प्रहरीले आज फेला पारेको हो । तीनजना बालकहरूमध्ये दुईजना कौशिलानगर…

Read More

महेन्द्र क्याम्पस नेपालगन्जमा स्ववियुको आयोजनामा रक्तदान, ८१ पिन्ट रगत संकलन

नेपालगन्ज, असार २४ —“रक्तदान नै जीवनदान ” भन्ने मुल नारासहित स्ववियु, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको आयोजनामा आज आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। क्याम्पस परिसरमै आयोजना गरिएको रक्तदान कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। कुल ८१ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ। कार्यक्रमको उद्देश्य आपतकालीन अवस्थामा रगतको…

Read More

बिभिएम स्कुल प्लस २ भर्नामा उच्च आकर्षण ,बाके टपर दिदै शैक्षिक गुणस्तरमा अग्रस्थान

कोहलपुर, बाँके — बाँकेको कोहलपुरस्थित बिभिएम (बाल बिधा) सेकेन्डरी स्कुल पछिल्ला केही वर्षयता प्लस टु (कक्षा ११) भर्नाका लागि विद्यार्थी तथा अभिभावकमाझ उच्च विश्वसनीयता कायम गर्दै आएको छ। शैक्षिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्मको भर्ना विवरण हेर्दा यो विद्यालय अब यस क्षेत्रकै अग्रणी शिक्षण संस्थाको रूपमा स्थापित बन्दै गएको देखिन्छ। शिक्षाको गुणस्तरमा कुनै सम्झौता नगर्ने…

Read More

कोहलपुर भ्यू टावरको भित्तामा रंगीचंगी चित्र: नगर सौन्दर्यकरणमा नयाँ प्रयास

कोहलपुर, बाँके —कोहलपुर नगरको गौरवका रूपमा रहेको ‘कोहलपुर भ्यू टावर’का भित्तामा रंगीचंगी चित्र कोर्ने काम तीव्र गतिमा अगाडि बढेको छ। नगर सौन्दर्यकरण कार्यक्रमअन्तर्गत भित्ताहरूमा नेपालका राष्ट्रिय विभूतिहरू, चिन्हहरू, धार्मिक तथा सांस्कृतिक दृश्यहरू र वन्यजन्तुजस्ता चित्रहरू निर्माण भइ रहेका छन्। यो कार्य नेपालगन्जका अनुभवी चित्रकार राजेश परियारले अगुवाइमा भइरहेको हो। चित्रकला क्षेत्रमा ३५ वर्षको अनुभव भएका…

Read More

कर नीतिविरुद्ध कोहलपुरमा व्यवसायी आन्दोलन, असार २५ गते ब्यवसाय बन्द

सरकारको कर नीतिविरुद्ध कोहलपुरका व्यवसायीहरू आन्दोलनमा, असार २५ गते व्यवसाय बन्द गर्दै प्रदर्शनको तयारी कोहलपुर, असार २२ — नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी तथा बहुमूल्य आभूषण लगायतका सामग्रीमा लगाइएको विलासीता शुल्क तथा मूल्य अभिवृद्धि कर (VAT) खारेज गर्न माग गर्दै व्यवसायीहरूले आक्रोश पोखेका छन्। सरकारको नीति व्यवसायीविरुद्ध भएको ठहर गर्दै उनीहरूले…

Read More

कोहलपुर बन्यो वन्यजन्तु सौन्दर्यीकरणको नमुना, नेपालगन्ज अझै छाडा चौपायाको कब्जामा

कोहलपुर, बाँके — एउटै जिल्लाका दुई शहर, दुई फरक दृश्य। बाँकेको कोहलपुर नगर सौन्दर्यीकरण र पर्यटन प्रवर्धनमा जुटिरहेको छ भने, जिल्ला सदरमुकाम नेपालगन्ज भने अझै छाडा चौपायाको समस्यामा अल्झिएको देखिन्छ। हालै कोहलपुर चौराहामा सडकछेउ आकर्षक बनाउँदै बाघ, चौका (हर्षिङ्गार) र हात्तीका भव्य वन्यजन्तु मूर्तिहरु राखिएका छन्। कोहलपुर नगरपालिकाको सहयोगमा बाँके राष्ट्रिय निकुञ्जले स्थापना गरेका यी…

Read More

बाँके बैजनाथ: बाबुको हत्या गर्‍यो आफ्नै छोराले, शोकमग्न गाउँ

कोहलपुर,बाँके: बाँकेको बैजनाथमा एक वृद्धको हत्या भएको प्रहरीले जनाएको छ । बैजनाथ गाउँपालिका–२ मकैवारि निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या भएको प्रहरीले पुष्टि गरेको हो । स्रोतका अनुसार शनिबार बेलुका करिब ८ बजेको समयमा उनको आफ्नै कान्छा छोरा ३२ वर्षीय भविलाल रोका (ह्याकर) ले धारिलो हतियार प्रयोग गरी ज्यान लिएको वताईएको छ…

Read More

बैजनाथमा अटो चालकहरूलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सडक दुर्घटना न्यूनीकरणमा ध्यान, ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड बैजनाथ, बाँके ।सडक दुर्घटनाको दर न्यूनीकरण गर्न लक्ष्य राखी बैजनाथ गाउँपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा, तथा शोभा यातायात प्रा.लि.को आयोजनामा अटो चालकहरूका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश ब. शाहीले अटो लगायत साना सवारीसाधनहरू दैनिक…

Read More

केएमसी स्कुलको आकर्षण: बैजनाथ टपर प्रदीप बस्नेत गरे ब्यवस्थापनमा भर्ना

कोहलपुर, बाँके — KMC कलेज अन्तर्गत सञ्चालनमा रहेको KMC Secondary School, Kohalpur मा यस वर्ष पनि उत्कृष्ट विद्यार्थीहरूको आकर्षण बढ्दो छ। हालै सार्वजनिक एसईई २०८१ को नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै सामुदायिक बिधालय तर्फ बैजनाथ गाउँपालिका–५ का प्रदीपराज बस्नेत ले ३.९१ GPA सहित गाउँपालिकामा प्रथम स्थान हासिल गरेपछि उनले ११ म्यानेजमेन्ट संकायमा केएमसी सेकेन्डरी स्कुलमा भर्ना…

Read More
Translate »