कोहलपुर, बाँके:
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरले साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
अस्पतालका निर्देशक प्रा.डा. रेशम बहादुर पुनले बुधबार सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएका हुन्। तर, अन्य वैकल्पिक व्यवस्था नहुञ्जेलसम्म, आमा सुरक्षा कार्यक्रम अन्तर्गत सेवा लिँदै आएका बिरामीहरूले आवश्यक कागजात पेश गरेमा अस्पतालको दररेटमा विशेष छुट पाउनेछन्।
यस्तो छ सूचना
