ज्ञानकुञ्ज स्कूलका विद्यार्थीद्वारा सरसफाइ तथा फोहोर व्यवस्थापनमा जनचेतनामूलक कार्यक्रम

कोहलपुर – Gyankunj E.M. School का कक्षा ५, ६ र ७ का विद्यार्थीहरूले सामाजिक विषयअन्तर्गत फोहोर व्यवस्थापन तथा सरसफाइ सम्बन्धी प्रयोगात्मक र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्।

विद्यार्थीहरूले विद्यालय परिसर तथा वरपरका क्षेत्रहरूमा सरसफाइ अभियान सञ्चालन गर्दै फोहोरलाई वर्गीकरण गर्ने, पुन: प्रयोगयोग्य सामग्री छुट्याउने र वातावरणमैत्री व्यवहारको अभ्यास गर्ने गतिविधिमा सहभागी भएका थिए।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा फोहोर व्यवस्थापनप्रति जिम्मेवार र सचेत बनाउने, साथै स्थानीय समुदायमा पनि सरसफाइका महत्त्वबारे जनचेतना फैलाउने रहेको विद्यालय प्रशासनले जनाएको छ।

यस अभियानले विद्यार्थीहरूमा व्यवहारिक शिक्षाको विकास गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको शिक्षकहरूको भनाइ छ।

विद्यालयले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »