कोहलपुर नगरपालिकाद्वारा नगर अस्पतालका लागि करार सेवामा मेडिकल सुपरिटेण्डेण्ट माग

कोहलपुर, बाँके — कोहलपुर नगरपालिकाको नगर कार्यपालिकाले नगर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट पदमा करार सेवामार्फत पदपूर्ति गर्ने सूचना प्रकाशित गरेको छ। २०८२ साल श्रावण २ गतेको कार्यपालिका निर्णयअनुसार, योग्य नेपाली नागरिकहरूसँग दरखास्त आह्वान गरिएको छ।

नगरपालिकाले एक जना मेडिकल सुपरिटेण्डेण्ट (अधिकृतस्तर, नवौं) पदका लागि आवेदन खुला गरेको छ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र, कार्यालय समयभित्र राजस्व तिरेको रसिदसहित दरखास्त दिन सक्नेछन्।

उम्मेदवारको प्रारम्भिक योग्यताको आधारमा सूची प्रकाशन गरी अन्तर्वार्ता मार्फत छनौट गरिनेछ। यो प्रक्रिया कोहलपुर नगरपालिका प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम हुनेछ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीका अनुसार, योग्यता पुगेका इच्छुक सबै नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »