सञ्चारिका समूह बाँकेद्वारा महिला पत्रकारहरूको पहिलो ‘तिज ट्यालेन्ट शो’ सम्पन्न

कोहलपुर – भदौ २, २०८२

सञ्चारिका समूह बाँके शाखाले पहिलोपटक आयोजना गरेको महिला पत्रकारहरूको विशेष ‘तिज ट्यालेन्ट शो–२०८२’ आइतबार कोहलपुरमा सम्पन्न भएको छ। कार्यक्रममा महिला पत्रकारहरूले गायन, नृत्य र साहित्य विधामा आफ्नो कला र प्रतिभा प्रस्तुत गरेका थिए।

Oplus_131072

कार्यक्रमकी प्रमुख अतिथि कोहलपुर नगरपालिकाकी कार्यबहाक नगरप्रमुख सङ्गिता सुवेदीले महिला पत्रकारहरू लेखनमै सीमित हुनु पर्ने परम्परा तोड्दै आफ्नै प्रतिभा प्रदर्शन गर्ने अवसर कार्यक्रमले दिएको बताउनुभयो।

Oplus_131072

विशिष्ट अतिथि लखनउ सिटी अस्पतालका डा. प्रमोद कुमार पालले तिजलाई महिलाको हर्ष–उल्लास र संस्कृतिको पर्वका रूपमा उल्लेख गर्दै यसको स्वास्थ्य, सामाजिक र सांस्कृतिक महत्वबारे प्रकाश पार्नुभयो।

Oplus_131072

नेपाल पत्रकार महासङ्घ बाँके अध्यक्ष नवीन गिरी, उपाध्यक्ष करुणा शाह, सञ्चारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, संस्थापक अध्यक्ष अछरी पोख्रेल, वडा अध्यक्ष हरि कठायत र समाजसेवी अन्जना पाण्डेलगायतले पनि कार्यक्रमलाई महिलाको सिर्जनशीलता, सामूहिकता र सशक्तीकरणसँग जोडिएको पहलका रूपमा मूल्याङ्कन गर्नुभयो।

Oplus_131072

विजेताहरू

प्रतियोगितामा तीन विधामा प्रतिस्पर्धा भएको थियो।

एकल गायनतर्फ : प्रथम – शान्ती सुनार, द्वितीय – काजल रैका, तृतीय – विमला चौधरी

साहित्यतर्फ : प्रथम – निशु जोशी, द्वितीय – विद्युत्मा रैका, तृतीय – शान्ति सुनार

नृत्यतर्फ : प्रथम – ममता थापा, द्वितीय – ज्ञानु थापा, तृतीय – सन्ध्या गरै र सावित्री गिरी

तीनै विधाका प्रथम विजेतालाई पोखरा गहना पसलका सञ्चालक बालकृष्ण दियालीले नगद पुरस्कारसहित चाँदीको सिक्का उपहार प्रदान गर्नुभयो।

Oplus_131072

कार्यक्रमको अध्यक्षता सञ्चारिका समूह बाँके अध्यक्ष पवित्रा परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सरला सुवेदीले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन ममता थापा र धना केसिले गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »