मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण

“भूमिहीनलाई जग्गाको मालिक बनाउने सरकारको स्पष्ट अठोट”

कोहलपुर, बाँके ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज कोहलपुरमा आयोजित विशेष कार्यक्रममा १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा हस्तान्तरण गरेका छन्। भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको दीर्घकालीन समस्यालाई समाधान गर्न सरकार गम्भीर रहेको भन्दै मुख्यमन्त्री आचार्यले “अब कोही पनि नागरिक भूमि अधिकारबाट वञ्चित रहँदैनन्” भन्ने प्रतिबद्धता दोहोर्‍याए।

भूमि समस्या समाधान आयोग बाँकेको आयोजनामा तथा कोहलपुर नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले लालपुर्जा वितरणलाई प्राथमिकतामा राखेर तीव्रगतिमा अघि बढाइरहेको उल्लेख गरे।

“भूमिको समस्या स्थायी रूपमा समाधान गर्दै भूमिहीन नागरिकलाई जग्गाको मालिक बनाउने वर्तमान सरकारको स्पष्ट चाहना हो,” उनले भने, “यस अभियानमा प्रदेश सरकार संघीय सरकारसँग हातेमालो गर्दै छ।”

कार्यक्रममा भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले स्वागत मन्तव्य दिएका थिए। प्रमुख अतिथि मुख्यमन्त्री आचार्यसहित लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, कोहलपुर नगरका जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

मुख्यमन्त्रीले नागरिकका समस्याहरू सुन्दै प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर थप पहल गरिरहेको पनि जानकारी दिए। उनले लालपुर्जा पाएका लाभग्राहीहरूलाई आफ्नो भूमिको सदुपयोग गर्दै आत्मनिर्भर बन्न पनि आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »