बाँकेमै पहिलोपटक बैजनाथमा एकीकृत प्रतिक्षालयसहित डिजिटल सेवा केन्द्र सञ्चालनमा

बाँके (बैजनाथ) — बाँकेको बैजनाथ गाउँपालिकाले डिजिटल प्रविधिबाट सेवा दिने उद्देश्यसहित एकीकृत सेवा प्रवाह केन्द्र तथा सेवाग्राही प्रतिक्षालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । करिब ३७ लाख रुपैयाँको लागतमा भवन निर्माण र प्रविधि जडान गरी सञ्चालनमा ल्याइएको यो सेवा केन्द्र बाँके जिल्लामै पहिलो हो ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बिहीबार रिवन काटेर र स्वीच थिची उक्त केन्द्रको उद्घाटन गरेका हुन् । सेवा केन्द्रमा महिला, पुरुष तथा अपांगता भएका व्यक्तिहरूका लागि छुट्टै शौचालय, स्तनपान कक्षसहितको वातानुकूलित भवन निर्माण गरिएको छ ।

Oplus_131072

उक्त केन्द्रमा सेवा लिन आउने नागरिकले सुरुमा टोकन लिएर प्रतिक्षालयमा बस्ने, आवश्यक कागजात केन्द्रमा बुझाउने र फाइलको स्थिति डिजिटल बोर्डमार्फत हेर्ने व्यवस्था गरिएको छ ।

Oplus_131072

अध्यक्ष शाहीले प्रविधिको प्रयोगबाट सेवा सरल, छरितो र पारदर्शी हुने विश्वास व्यक्त गर्दै निकट भविष्यमा सम्पूर्ण वडा कार्यालयका गतिविधि पनि एकीकृत सिस्टममार्फत हेर्न मिल्ने प्रविधि जडान गरिने जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »