कोहलपुर -३ स्थित बागेश्वरी इ.मि स्कुलका सम्पर्क विहिन तीन बालक सकुशल फेला

कोहलपुर, २४ असार ।
कोहलपुर -३ मदनचोक स्थित बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालकलाई प्रहरीले फेला पारेको छ ।
गत असार २२ गते विद्यालयबाटै बेपत्ता भएका कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवन नाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्कालाई कोहलपुर प्रहरीले आज फेला पारेको हो ।

तीनजना बालकहरूमध्ये दुईजना कौशिलानगर क्षेत्रबाट फेला परेका हुन् भने एकजना बालक कोहलपुर चौराहाबाट फेला परेको प्रहरीले जनाएको छ ।
बालकहरूलाई आवश्यक प्रक्रिया पुर्‍याएर अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको प्रहरिले जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »