बाँके ।
इलाका प्रहरी कार्यालय कोहलपुरले ठूलो मात्रामा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
शुक्रबार बेलुकी करिब ४:३० बजे जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका जुम्ला सिंजा गाउँपालिका–७ का २५ वर्षीय नबिन तिवारीलाई नियन्त्रणमा लिएर तलासी गर्दा तिवारीले बोकेको Royal Gurkha लेखिएको झोलाबाट रातो प्लास्टिकमा लुकाइएका ७८ पत्ता नाइट्रोजेपाम ट्याबलेट (जम्मा ७८० थान) बरामद भएको प्रहरीले जनाएको छ । साथै उनको साथबाट सिमसहितको सामसुङ मोबाइल १ थान र सिम नभएको मोटोरोला टच मोबाइल १ थान पनि बरामद गरिएको छ ।
बरामद गरिएको लागुऔषध तथा मोबाइलसहित तिवारीलाई आवश्यक कानूनी कारबाहीका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।