वागेश्वरी बहुमुखी क्याम्पसमा शैक्षिक समस्या समाधानका लागि अनेरास्ववियुद्वारा ज्ञापनपत्र

कोहलपुर /बाँके

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वागेश्वरी बहुमुखी क्याम्पस कमिटिले क्याम्पसमा देखिएका विभिन्न शैक्षिक समस्याहरू समाधान गर्न क्याम्पस प्रमुख समक्ष ज्ञापनपत्र बुझाएको छ।

अनेरास्ववियुले विद्यार्थीको हित र क्याम्पसको सुधारका लागि विगतका विभिन्न चरणमा पहल, आन्दोलन र कार्यक्रममार्फत उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको उल्लेख गर्दै यसपटक पनि शैक्षिक अव्यवस्थामाथि ध्यानाकर्षण गराएको हो।

समस्या समाधानका लागि अनेरास्ववियुले राखेका प्रमुख मागहरु यसप्रकार छन्—
१) दैनिक पाठ्ययोजनाअनुसार नियमित पठन–पाठन सञ्चालन गर्नुपर्ने।
२) छात्रवृत्ति फारम समयमै खोलिने र नतिजा समयमै प्रकाशन हुने व्यवस्था मिलाउनुपर्ने।
३) क्याम्पसमा निरन्तर देखिँदो इन्टरनेट समस्या तत्काल समाधान गर्नुपर्ने।
४) व्यवस्थित खेलकुद मैदान निर्माण गरी आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने।
५) क्याम्पसमा स्ववियु निर्वाचन नहुँदा विद्यार्थी प्रतिनिधित्व नहुँने अवस्थाको अन्त्य गर्दै छिटोभन्दा छिटो निर्वाचन गराउन विश्वविद्यालयसँग समन्वय गर्नुपर्ने।

ज्ञापनपत्र अनेरास्ववियु वागेश्वरी बहुमुखी क्याम्पस कमिटिका अध्यक्ष कुमार शाहीको नेतृत्वमा र बागेश्वरी बहुमुखी क्याम्पसका नि-बर्तमान स्वबियु अध्यक्ष तथा अनेरास्ववियुका नेता देवेन्द्र बुढा, अनेरास्ववियु बाँके जिल्ला उपाध्यक्ष अमृत खत्री, महेन्द्र प्रकाश मल्लसहित अन्य विद्यार्थी नेताहरूको उपस्थिति मा बुझाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »