बाँके टपर सृजना डिसीको रोजाइ कोहलपुर–११ स्थित केएमसि, निशुल्क पढ्ने अवसर

कोहलपुर, बाँके — राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बाँके जिल्लाभर सर्वोत्कृष्ट नतिजा ४.० जीपीए ल्याएर टप गरेकी सृजना डि.सी.ले आफ्नो कक्षा ११ को पढाइ कोहलपुर-११ मा रहेको केएमसि (कोहलपुर मोडेल कलेज) बाट सुरू गर्ने भएकी छिन्।

केएमसि सेकेन्डरी स्कुलले सृजनालाई विद्यालयमै आयोजित एक कार्यक्रममार्फत स्वागत सत्कार गर्दै व्यवस्थापन संकायमा भर्ना गराएको छ। भविष्यमा चार्टर्ड एकाउन्टेन्ट (सिए) बन्ने लक्ष्य लिएकी सृजनाले स्नातकोत्तरसम्म अध्यापन हुने, दक्ष जनशक्ति रहेको, शैक्षिक वातावरण उत्कृष्ट रहेको तथा आफ्नो लक्ष्य प्राप्तिमा सहज हुने भएकाले केएमसिलाई रोजेको बताइन्।

विद्यालयले सृजनालाई निशुल्क अध्यापन गराउने घोषणा समेत गरेको छ।

केएमसिले विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा संकायमा कक्षा ११ भर्ना खुला गर्दै आएको छ। विज्ञानतर्फ फिजिक्स, केमेस्ट्री, बायोलोजी, शिक्षा संकायमा अंग्रेजी, नेपाली र गणित पढ्न पाइनेछ। साथै, कम्प्युटर विज्ञान र होटल म्यानेजमेन्ट थप्ने तयारी रहेको छ।

कोहलपुरको एन टिभी रोडस्थित केएमसिले नगरमै पहिलोपल्ट एमबीएस तहको पढाइ सुरु गरेको हो। कक्षा ११/१२ पछि स्नातक र स्नातकोत्तर तहको अध्ययन गरिरहन चाहने विद्यार्थीहरूका लागि यही कलेज अर्को घरआँगनको अवसर बनेको छ।

फाइनान्स, मार्केटिङ, ह्युमन रिसोर्सजस्ता विषयमा अध्यापन हुने यस कलेजले आफ्नै भवनमा अध्ययन गराउँदै आएको छ। २०६९, २०७०, २०७२ र २०७४ सालमा प्रदेशस्तरमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल केएमसिले आफ्ना विद्यार्थीहरूलाई बैंक, वित्तीय संस्था तथा उद्योगमा रोजगारीको अवसरका लागि समेत सञ्जाल निर्माण गरिदिने गरेको कलेज प्रमुख सञ्जिब बाबु पंगेनिले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »