ज्ञानकुञ्ज ई.एम स्कूलमा १ दिने निःशुल्क आँखाको परीक्षण कार्यक्रम सम्पन्न

कोहलपुर, बाँके — कोहलपुर–१२ मा अवस्थित ज्ञानकुञ्ज ई.एम. स्कूलले एक दिवसीय निःशुल्क आँखाको परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। “Education is The Endless Power” भन्ने नारासहित आयोजित कार्यक्रम २०७८ फाल्गुन २६ गते सम्पन्न गरिएको हो।

कार्यक्रमको उद्देश्य विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानिय समुदायलाई आँखाको स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गर्नु र दृष्टि समस्याहरूको प्रारम्भिक पहिचान गर्नु रहेको थियो।
कार्यक्रममा करिब ६०० जना भन्दा बढि सेवाग्राहीहरूले आँखा परीक्षण सेवा लिएका थिए। सेवा लिनेहरूमा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानिय बासिन्दाहरू सहभागी थिए।

कार्यक्रममा कोहलपुर आँखा अस्पताल, कोहलपुर–११ बाट प्राविधिक सहयोग प्राप्त गरिएको थियो। अस्पतालका अनुभवी स्वास्थ्यकर्मीहरूको टोलीले सहभागीहरूको आँखाको परीक्षण, दृष्टि जाँच तथा आवश्यक परामर्श सेवा प्रदान गरेका थिए। परीक्षणका क्रममा केही व्यक्तिहरूमा प्रारम्भिक दृष्टि समस्याहरू देखिएको र उनीहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अनुसार यस्ता कार्यक्रमले विद्यार्थी तथा समुदायमा स्वास्थप्रति सचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
विद्यालयका प्रधानाध्यापकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी प्रतिनिधि, अभिभावक संघका प्रतिनिधिहरू तथा विभिन्न सामाजिक अभियन्ताहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण टोलीको सहयोग उल्लेखनीय रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »