कोहलपुर, बाँके । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत नगर क्षेत्रका २१ जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई “शैक्षिक प्रोत्साहन छात्रवृत्ति” वितरण गरेको छ।

नगर प्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुखसहितको उपस्थितिमा आयोजित कार्यक्रममा जनही रु. १० हजारदेखि ५० हजारसम्मका दरले जम्मा रु. ५ लाख बराबरको छात्रवृत्ति रकम वितरण गरिएको हो।

नगरपालिकाले यस कार्यक्रममार्फत शिक्षामा पहुँचका लागि सघाउने उद्देश्य राखेको छ। सानो सहयोग भए तापनि यसले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ।

छात्रवृत्ति प्राप्त गर्ने सबै विद्यार्थीलाई कोहलपुर नगरपालिकाको तर्फबाट हार्दिक बधाई तथा आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना व्यक्त गरिएको छ।