कोहलपुर, बाँके – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कोहलपुर नगरपालिकाबाट सहभागी परीक्षार्थीमध्ये कूल ५६.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार नगर क्षेत्रका कुल १,९६४ परीक्षार्थीमध्ये १,२७८ जना सफल भएका हुन् भने ६८६ जनाको नतिजा ‘नन ग्रेड’ रहेको छ।

संस्थागत विद्यालयको नतिजा चम्किलो
नगरपालिकाभित्र रहेका २५ संस्थागत विद्यालयमध्ये ६ वटाले शतप्रतिशत नतिजा ल्याएका छन्। गोर्खा युनाइटेड पब्लिक स्कुल, जनज्योति पब्लिक हाई स्कुल, वेष्टर्न इङ्लिस मिडियम सेकेन्डरी स्कुल रझेना, नमुना विद्या सदन, साइनिङ स्टार इङ्लिस मिडियम स्कुल र जीवन ज्योति माविले १००% सफलता हासिल गरेका हुन्।
संस्थागत विद्यालयबाट ८६४ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये ८०८ जना उत्तीर्ण भएका छन्। नन ग्रेड विद्यार्थीको संख्या ५६ रहेको छ। संस्थागततर्फको सफलताको दर ९३.५ प्रतिशत रहेको छ।
सामुदायिकतर्फ ज्ञानज्योति मावि सबैभन्दा उत्कृष्ट
सामुदायिक विद्यालयतर्फ कोहलपुर–१३ चप्परगौडीस्थित ज्ञानज्योति मावि ७०.९ प्रतिशत नतिजा सहित उत्कृष्ट देखिएको छ। ८६ जना सहभागीमध्ये ६१ जना सफल भएका छन्। विद्यालयबाट ३ जनाले ३.६० जिपिएभन्दा माथि ल्याएका छन् – राधा खड्का (३.७१), सपना मल्ल (३.६७), र दीक्षा वयक (३.६३)। विद्यालयले ती विद्यार्थीहरूलाई विशेष सम्मानसमेत गरेको छ।
अन्य सामुदायिक विद्यालयहरूको नतिजा
बालशिक्षा मावि भरैया: ६५.२%
लक्ष्मी मावि बर्दहवा (प्राविधिक): ६१.८%
कृष्ण मावि कौशिलानगर: ५९%
त्रिभुवन मावि कोहलपुर: ४८.१%
जनता मावि मैटहवा: ४७.१%
सगरमाथा ज्ञानपुञ्ज: ४४%
नेरा मावि खड्कवार: ४१.२%
राम मावि बैजनाथपुर: ३२.७%
जन ज्ञानज्योति मावि कौशिलानगर: २२.८%
लक्ष्मी मावि बर्दहवा (सामान्य): २०.२%
सरस्वती मावि पिपिरी: १९.१%
कुल १४ सामुदायिक विद्यालयहरूबाट १,१०० परीक्षार्थी सहभागी भएका थिए, जसमा ४७० जना सफल भएका छन्। सामुदायिक विद्यालयको समग्र सफलताको दर ४२.७ प्रतिशत रहेको छ। अवर्गीकृत विद्यार्थीको संख्या ६३० रहेको छ।
जीपीए अनुसार समग्र विवरण (नगरपालिका स्तरमा):
२.०–२.४: १४ जना
२.४–२.८: १५४ जना
२.८–३.२: ३६८ जना
३.२–३.६: ४७६ जना
३.६–४.०: २६६ जना