बाँके, भदौ १२
जिल्ला प्रशासन कार्यालय बाँके अगाडि शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँके द्वारा आयोजित कोणसभा सम्पन्न गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन लुम्बिनी प्रदेश सह–सचिव राजेन्द्र आचार्यले प्रस्तावित शिक्षा विधेयकले निजी विद्यालयलाई गैर–नाफामूलक बनाउनुपर्ने र पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था हटाइएन भने आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिनुभयो।
त्यस्तै, बाँके जिल्ला प्याब्सन अध्यक्ष विकास बज्राचार्यले प्रस्तावित शिक्षा विधेयक निजी विद्यालयअनुकूल नभए आन्दोलन चर्काउने मात्र होइन विद्यालय बन्द गरेर ताला–चाबी सरकारलाई बुझाउने चेतावनी दिनुभयो। उहाँले त्यसपछि हुने शैक्षिक क्षतिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने स्पष्ट पार्नुभयो।
कोणसभामा ‘सम्पूर्ण प्याब्सनिस्टहरुको एकता नै अहिलेको आवश्यकता’ रहेको निष्कर्ष निकालिएको छ।
सभा ‘जय एकता, जय प्याब्सन !’ नारासहित सम्पन्न भएको थियो।