SEE मा ४ GPA ल्याउँदै बाल विद्या बोर्डिङकी सृजना डिसीले कोहलपुरको नाम चम्काइन्

कोहलपुरमा अवस्थित बाल विद्या बोर्डिङ स्कुलकी छात्रा सृजना डिसीले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा पूर्ण ४.०० GPA ल्याएर ऐतिहासिक सफलता हात पार्न सफल भएकी छन्।

उनको यो उपलब्धि हालसम्म बाँके जिल्ला र कोहलपुर क्षेत्रबाट प्राप्त भएको सबैभन्दा उच्च नतिजा हो, जसले उनलाई कोहलपुर–बाँकेकै इतिहासमा नाम चम्काउने विद्यार्थी बनाएको छ।

उत्कृष्ट मेहनत, अनुशासन र निरन्तर लगनशीलताले सृजनालाई यो उपलब्धि दिलाएको स्कुल स्रोतले जनाएको छ। उनको सफलताले सम्पूर्ण विद्यालय, परिवार तथा समुदायमा गर्वको अनुभूति गराएको छ।

सृजना डिसीलाई हार्दिक बधाई एवं आगामी शैक्षिक यात्रामा अझै धेरै सफलताको शुभकामना! 🌟🎉

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »