“SEE मा बाँके टपर दिएको बिभिएम स्कुलमा कक्षा ११ मा भर्ना खुला”

कोहलपुर, बाँके ।
गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जिपिए ल्याएर बाँके जिल्लामै टपर बन्न सफल सृजना डिसीको अध्ययन संस्था बिभिएम सेकेन्डरी स्कुल हाल विद्यार्थी र अभिभावकमाझ थप चर्चामा आएको छ।

कोहलपुर–६ मा अवस्थित बिभिएम स्कुलले उत्कृष्ट नतिजासहितको शैक्षिक वातावरण प्रदान गर्दै आएको र त्यसकै परिणामस्वरूप जिल्लाकै टपर उत्पादन गर्न सफल भएको बताइएको छ। विद्यालयमा सिकाइ पद्धति, अनुशासन र विद्यार्थीको समग्र विकासमा दिइने ध्यानका कारण पछिल्लो समय विद्यार्थीहरूको आकर्षण बढ्दो छ।

विद्यालयले कक्षा ११ का लागि बिज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट र कम्प्युटर संकाय सञ्चालन गर्दै भर्ना प्रक्रिया सुरु गरिसकेको छ।

विद्यालयका प्रिन्सिपल गोविन्द सुवेदीका अनुसार बिभिएम स्कुलमा सिकाइ तनावमुक्त, पारीवारिक र व्यवहारमुखी बनाइने छ। उनले भने, “यहाँ विद्यार्थीको क्षमता निखार्ने अनुकूल वातावरण, अनुभवी शिक्षक टोली र समयसापेक्ष प्रविधिको प्रयोगमार्फत गुणस्तरीय शिक्षा प्रदान गरिन्छ। यसले नै हामीलाई निरन्तर सफलता दिलाउँदै आएको छ।”

विद्यालयमा प्रयोगात्मक कक्षाहरू, शैक्षिक भ्रमण, करियर गाइड कार्यक्रम, अन्तरक्रियात्मक सेमिनार तथा विद्यार्थीको मानसिक स्वास्थ्य र सिर्जनात्मकतामा समेत ध्यान दिइन्छ।

एसईईमा टप गरेकी सृजना डिसीको सफलताले बिभिएम स्कुलको शैक्षिक धरातल मजबुत रहेको पुष्टि गरेको छ। बिभिएमले मेधावी, लक्षित तथा चाहना भएका विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको अवसर पनि प्रदान गर्दै आएको छ।

अभिभावकहरूका अनुसार बिभिएम नाफामुखी भन्दा पनि शिक्षामुखी सोच राख्ने संस्था हो जसले विद्यार्थीको शैक्षिक भविष्यलाई जिम्मेवारीपूर्वक अघि बढाउने कार्य गरिरहेको छ।

भर्ना खुल्ला भइसकेको जानकारी दिँदै विद्यालयले विद्यार्थी र अभिभावकलाई समयमै सम्पर्क गर्न अनुरोधसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »