राष्ट्रिय युवा संघ बाँके आयोजनाः भरत शाहिको नेतृत्वमा ११३ एमाले प्रवेश,१५ सम्मानित

कोहलपुर, बाँके ।
राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला कमिटीले आयोजना गरेको सम्मान तथा पार्टी प्रवेश कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय १५ जना युवालाई विशेष सम्मान गरिएको छ भने भरत शाहीको नेतृत्वमा ११३ जना युवाहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

कार्यक्रम युवा संघ बाँकेका संयोजक रमेश मिजारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाँके इञ्चार्ज शान्ति ढकाल प्रमुख अतिथिको रुपमा सहभागी रहनु भएको थियो। उहाँले युवाहरूलाई मुलुकको आशा, विश्वास र सम्भावनाको स्रोत भन्दै “सुखी नेपाली, समृद्ध नेपाल” निर्माणमा युवाको भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

त्यस्तै नेकपा एमाले बाँके जिल्ला कमिटी अध्यक्ष निरक गुरुङ, जिल्ला कमिटी सदस्य तथा युवा विभाग इञ्चार्ज राजु तामाङलगायत नेताहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सम्मानित हुनेहरूमा —
१) सन्दीप बानिया
२) मनोज बिक
३) लक्ष्मी बुढा
४) मुना कुमारी बिसी
५) भगवती भण्डारी
६) सुमन घिमिरे
७) वर्षा मल्ल
८) साक्षी शर्मा
९) हेमन्त भट्टराई
१०) राजकुमार योगी
११) भुपाल शर्मा
१२) खेमराज शर्मा
१३) उमेश शाही
१४) राजु तामाङ
१५) विपेन्द्र लामा (कालू)

पार्टी प्रवेश गरेका ११३ जना युवालाई नेताहरूले शुभकामना र बधाई दिँदै बाँकेको पहिचानलाई राष्ट्रिय स्तरमा पु¥याउन र युवालाई संगठित बनाएर मुलुक निर्माणमा सक्रिय बन्नुपर्नेमा जोड दिएका थिए।

आयोजक समितिले यसअघि पनि जिल्लाबाट केन्द्रीय कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गर्दै आएको उल्लेख गर्दै, यस पटकको कार्यक्रम बाँकेका नेता, कार्यकर्ता र युवाहरूको उत्साहजनक सहभागिताका कारण ऐतिहासिक बनेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »