नेपालगन्ज – महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु निर्वाचनमा अनेरास्ववियुको सम्पूर्ण प्यानल विजयी भएको छ।
निर्वाचनमा अध्यक्षमा केशर जंग शाहि, सचिवमा चिरञ्जीवी बुढा, कोषाध्यक्षमा सुरेन्द्र रावल विजयी भएका छन्। यस्तै सदस्य पदमा अमिश बि.क., वन्दना थारु, अंकित कुमार यादव, टक्क रोकाया, निरज यादव, राजिब साह, शिशिर सुवेदी र गोपाल आउजी विजयी भएका छन्।
विजयपछि अध्यक्ष केशर जंग शाहिले सबै विद्यार्थीको विश्वास जित्न सफल भएको भन्दै धन्यवाद व्यक्त गरे। उनले विद्यार्थीको हक–हितका लागि निरन्तर सक्रिय रहने बताएका छन्।
स्ववियु निर्वाचनमार्फत विद्यार्थी नेतृत्वमा पुनः विश्वास दिलाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु )ले महेन्द्र क्याम्पसमा आफ्नो पकड बलियो बनाएको छ।