भेरी अस्पतालमा आगलागी हुदा करिब ४ करोडको नोक्सानी, ओपीडी र ल्याव सेवा बन्द

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालको ओपीडी र ल्याब सेवा दुई दिन बन्द हुने भएको छ ।

आज भएको आगलागीले ओपीडी भवनमा नोक्सानी पुर्‍याएपछि भोलि र पर्सि ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए ।

`अस्पताल भवनमा रहेको मेडिकल स्टोरमा आज भएको आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी, ओपीडी भवन लगायतका ठाउँमा क्षति भएको छ उनले भने-`तत्कालका लागि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सुचारु गर्न नसकिने भएकोले वैशाख १४ र १५ गते अस्पतालको ओपीडी तथा ल्याब बन्द रहन्छ ।´

अस्पतालमा आज बिहान साढे १० बजे भएको आगलागीमा करिब ४ करोडको नोक्सानी भएको डा सुवेदीले बताए । फार्मेसीको स्टोरमा रहेको भ्याक्सिन राख्ने फ्रीजबाट आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीको तथ्यगत कारण भने खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »