नेपालगन्ज, बाँके — नेपालगन्ज बसपार्क क्षेत्रबाहिरको अव्यवस्थित पार्किङ व्यवस्थापन र सुधारका लागि जय श्री बागेश्वरी यातायात प्रा.लि.ले ट्राफिक प्रहरीको समन्वयमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

पार्किङलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा ट्राफिक नियमको जानकारीमूलक सन्देश दिइयो भने पार्किङसम्बन्धी आवश्यक सामग्रीहरू पनि वितरण गरिएको थियो। कार्यक्रममा ट्राफिक प्रहरीले नियम पालना सम्बन्धी जानकारी दिनुका साथै सहभागीहरूलाई सचेत बनाएको थियो।

जय श्री बागेश्वरी यातायात प्रा.लि.का प्रतिनिधिहरूका अनुसार पार्किङ व्यवस्थापनमा सुधार ल्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ। यातायात क्षेत्रलाई मर्यादित र सुचारु बनाउने हाम्रो लक्ष्य रहेको पनि टिमले जनाएको छ।
