घरबहाल नगर इकाई समितिद्वारा खाद्यान्न सहयोग सहित स्थापना दिवस मनाइयो
नेपाल घरबहाल उपभोक्ता मंच नेपालगन्ज नगर इकाई समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा निलसागर सेवाश्रम, नेपालगन्जलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गरेको छ।

कार्यक्रममा नेपाल घरबहाल उपभोक्ता मंच बाँकेका पदाधिकारीहरू र घरबहाल सरोकार महासंघ नेपालका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। इकाई समितिले निलसागर सेवाश्रमलाई नगद रु २५०० तथा खाद्यान्न सहयोग हस्तान्तरण गरेको हो। सो सहयोग इकाई समितिका अध्यक्ष सुसिला विकले सेवाश्रमका संस्थापक अध्यक्ष सरिता खनाललाई प्रदान गर्नुभएको थियो।

उक्त कार्यक्रम इकाई समितिका अध्यक्ष सुसिला विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव दिपक चन्दले गर्नुभएको थियो। कार्यक्रममा घरबहाल सरोकार महासंघ नेपालकी केन्द्रीय सह-कोषाध्यक्ष तिलक लिट सिंह कार्की र नेपाल घरबहाल उपभोक्ता मंच बाँकेका अध्यक्ष राधा गौतमले शुभकामना व्यक्त गर्नुभएको थियो।