तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप -२०८१: फागुन १७ देखि २४ सम्म”

कोहलपुरमा तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म कोहलपुरको तेह्र बिघा खेलमैदानमा हुनेछ। यस प्रतियोगितामा प्रथम हुने टोलीले ८ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

कोहलपुर रेसिङ्ग साहारा क्लबले पत्रकार सम्मेलनमा जानकारी दिदै भनेको छ कि प्रतियोगिता स्थानीय पर्यटन र खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। आयोजक क्लबका संयोजक कर्ण बस्नेतले खेलाडी र अफिसियलहरूको भ्रमणको लागि बाँकेका विभिन्न धार्मिक र पर्यटकीय स्थलहरू तथा बर्दिया राष्ट्रिय निकुञ्जमा अवलोकन भ्रमणको प्याकेज पनि तयार गरिएको बताए।

प्रतियोगितामा घाना र भारतसहित आठ टोलीको सहभागिता रहनेछ। सहभागी टिमहरूमा घानाको अफ्रिकन राष्ट्र फुटबल क्लब, भारतको साहारा फुटबल क्लब, प्लानिङ्ग ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश र आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लब बाँकेको नाम समावेश छन्।

प्रतियोगितामा पुरस्कार वितरण यस प्रकार हुनेछ:

प्रथम: ८ लाख रुपैयाँ

दोस्रो: ४ लाख रुपैयाँ

म्यान अफ द टुर्नामेन्ट: ५१ हजार रुपैयाँ

बेष्ट कोच, बेष्ट गोलकीपर, बेष्ट राइजिङ स्टार, बेष्ट डिफेन्डर र बेष्ट फर्वाडलाई १०/१० हजार रुपैयाँ

हरेक दिनको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ

आयोजकले प्रतियोगिताको जर्सी पनि सार्वजनिक गरेका छन्, जसमा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री, एन्फाका केन्द्रीय सदस्य भोजराज शाही र कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीको उपस्थिती रहेको थियो।

प्रतियोगिताको सम्पन्न गर्न ९१ लाख २६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »