जाजरकोटकी नैनसरा गिरि सम्पर्कविहीन, माइती पक्षद्वारा खोजीका लागि अपिल

जाजरकोट, माघ १७ – जाजरकोट जिल्ला छेडागाड नगरपालिका-५ बडाबनकी ३३ वर्षीया नैनसरा कुमारी गिरि आफ्नै घरबाट सम्पर्कविहीन भएकी छन्। माघ १७ गतेदेखि बेपत्ता भएकी उनी घरका सम्पूर्ण गरगहना, मोबाइल तथा अन्य सरसामान छोडेर हिँडेपछि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

नैनसरा गिरीका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन्। तर उनले खोजी कार्यमा कुनै चासो नदेखाएको माइती पक्षको आरोप छ। परिवारबाट कुनै पहल नहुँदा माइती पक्षले खोजी कार्यलाई तीव्र बनाउँदै सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

नैनसरा बेपत्ता भएपछि माइती पक्षले प्रहरीमा जानकारी गराएको छ र खोजी कार्य अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। यदि कोहीले उहाँलाई देख्नु भएको छ वा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।

कुनै जानकारी प्राप्त भएमा तुरुन्तै प्रहरी वा 9868019920 मा जानकारी गरिदिनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »