बाँके, कोहलपुर –
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार २०८२ साउन ३० गते राति ११:०० बजेतिर कोहलपुर नगरपालिका–११ नयाँ बसपार्क क्षेत्रमा प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कालिकोट नगरपालिका–५ बस्ने २६ वर्षीय नविन शाही रहेका छन्। प्रहरीको चेकजाँच क्रममा उनीसँग बोकेको लेदरको ब्यागभित्र कालो–रातो प्लास्टिकले बेरिएको अवस्थामा ब्राउनसुगर भेटिएको हो।
प्लास्टिकसहित तौल गर्दा २४ ग्राम ३४० मिलिग्राम र शुद्ध तौल गर्दा २२ ग्राम ०३ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, उनको साथबाट iPad १ थान, क्यानन क्यामेरा १ थान र मोबाइल फोन २ थान समेत बरामद गरिएको छ।
हाल उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।