कोहलपुरमा स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि २० क्रिकेट प्रतियोगिता भोलि वाट सुरु

कोहलपुर,बाँके: कोहलपुर ४ किरणनालाका क्रिकेटप्रेमि उदयमान युवा स्व. वीरेन्द्र शाहीको स्मृतीमा करिवन ३ लाख राशिको खुल्ला टि २० क्रिकेट प्रतियोगिताको भोलि विहिवारवाट कोहलपुरमा आयोजना हुने भएको छ ।
बाँकेको कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा वीरेन्द्र शाहीको स्मृतीमा तेस्रो संस्करणको प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष गम्भिरजंग मल्लले वताए ।

देशैभरिका क्लव, शैक्षिक संस्थाका क्रिकेट खेलाडिहरुले सहभागिता जनाउन सक्ने उक्त प्रतियोगितामा १६ वटा टिमले भाग लिने आयोजक क्लवले जनाएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा सम्पन्न हुने खेलले अन्तराष्ट्रिय क्रिकेट मैदानलाई चिनाउने मात्र नभई योग्य,कुशल र दक्ष खेलाडि
उत्पादन हुनुकासाथै कोहलपुरलाई चिनाउन महत्वपुर्ण भुमिका खेल्ने आयोजक क्लवको दावि रहेको छ ।

१५ लाख रुपैया वरावरको खर्चमा सम्पन्न हुने वीरेन्द्र शाही स्मृती क्रिकेट प्रतियोगिता भोलि १५ गते देखि २५ गते सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगिताकालागि सम्पुर्ण तयारी पु्रा भएको आयोजक क्लवका अध्यक्ष मल्लले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »