कोहलपुर, बाँके ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) बाँकेको आयोजनामा अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता शनिबार कोहलपुरमा सम्पन्न भएको छ । प्रतियोगिता एन–प्याब्सन बाँकेका अध्यक्ष किशोर मल्लको अध्यक्षता तथा कोहलपुर नगरपालिकाकी उप–प्रमुख संगीत सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन वेस्टर्न सेकण्डरी स्कूल कोहलपुरले गरेको थियो ।
प्रतियोगिता दुई तहमा सम्पन्न भएको थियो ।
➡ माध्यमिक तह (कक्षा ९–१२)
प्रथम : वेस्टर्न सेकण्डरी स्कूल, कोहलपुर
द्धितीय : जनज्योति सेकण्डरी स्कूल, कोहलपुर
तृतीय : पञ्चमुखी सेकण्डरी स्कूल, कोहलपुर
चौथो : नोबेल सेकण्डरी स्कूल, कोहलपुर
➡ आधारभूत तह (कक्षा १–८)
प्रथममा जुनियर आइन्सटाइन ईमि नेपालगञ्ज, द्धितीयमा ब्राइटहोप स्कुल नेपालगञ्ज र ड्रिमल्याण्ड स्कुल नेपालगञ्ज, तृतीयमा फूलबारी ईमि स्कुल कोहलपुर र लिटिल फ्लावर स्कुल खजुरा र सान्त्वनामा स्काईल्याण्ड ईमि स्कुल बैजनाथ भएका छन् ।
प्रतियाेगितामा ४२ विद्यालय सहभागि भएका थिए ।
कार्यक्रम संचालन एन-प्याब्सन बाँकेका उपाध्यक्ष बेगम चन्दले गर्नुभएको थियो भने स्वागत मन्तव्य एन–प्याब्सन बाँकेका जिल्ला सह–सचिवले गर्नुभएको थियो ।
प्रमुख अतिथि संगीत सुवेदीले विद्यार्थीको उत्साह र प्रतिभाको प्रशंसा गर्दै सांस्कृतिक कार्यक्रमहरूले शिक्षा मात्र नभई संस्कृतिको संरक्षणमा पनि ठूलो योगदान गर्ने बताउनुभयो ।
त्यस्तै अध्यक्ष किशोर मल्लले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण विद्यालय, शिक्षक तथा विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ व्यवस्थित र फराकिलो ढंगले यस्ता प्रतियोगिता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो
यस्तै तीज नृत्य प्रतियोगितामा लक्ष्मी आचार्य र सागर दहितले मुल्याकंनकर्ताको रुपमा रहेका थिए ।
कार्यक्रममा एन प्याब्सन केन्द्रिय उपाध्यक्ष कुसुम रानाभाट, केन्द्रिय सचिव श्याम कुँवर, केन्द्रिय काेषाध्यक्ष कुवेर बस्नेत, केन्द्रिय उपमहासचिव बामदेव न्याैपाने, प्रदेश सह–कोषाध्यक्ष कमल पछाई, एन प्याब्सनका बाँकेका सचिव बेगम चन्द, कोहलपुर नगर अध्यक्ष विष्णु केसी, बैजनाथ गाउँपालिकाका कमानसिंह थापा, राप्तीसोनारीका अध्यक्ष सागर दत्त गौतम र सह-सचिव प्रकाश प्रकाश मल्ल लगायत पत्रकारहरुको उपस्थित भएको थियो ।