Next Model Kohalpur – Season 1 का दुबै अडिसन सम्पन्न, ३४ जना प्रतिभा छनोट

कोहलपुर – B Next Event Nepal को आयोजनामा सञ्चालित Next Model Kohalpur – Season 1 अन्तर्गत पहिलो र दोस्रो अडिसन सम्पन्न भएका छन्। कोहलपुर–११ स्थित होटल ट्रिटप हेवनमा सम्पन्न दुबै चरणका अडिसनबाट कुल ३४ जना प्रतिभा अघिल्लो चरणका लागि छनोट भएका छन्।

स्थानीय युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ प्लेटफर्ममा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतिस्पर्धाको पहिलो अडिसनबाट २१ जना र दोस्रो अडिसनबाट १३ जना गरी जम्मा ३४ जना प्रतिस्पर्धी उत्कृष्ट ठहरिंदै अगाडि बढेका हुन्।

दुवै अडिसनमा सहभागी युवायुवतीहरूले आत्मविश्वास, प्रस्तुती शैली, व्यक्तित्व र र्याम्प वाकजस्ता पक्षमा आफ्नो क्षमता प्रस्तुत गरेका थिए। निर्णायक मण्डलले विविध मापदण्डका आधारमा छनोट प्रक्रिया सम्पन्न गरेको जनाएको छ।

B Next Event Nepal का अनुसार, “हामीले स्थानीय स्तरमै यस्ता प्लेटफर्महरू निर्माण गरेर नवप्रतिभाहरूलाई उजागर गर्ने प्रयास गरेका हौं। अहिले छनोट भएका सहभागीहरूलाई अब विभिन्न चरणको प्रशिक्षण, ग्रुमिङ सेसन र प्रस्तुतिको अवसर प्रदान गरिनेछ।”

Next Model Kohalpur – Season 1 ले मोडलिङमा रुचि राख्ने युवाहरूमाझ उल्लेखनीय उत्साह सिर्जना गरेको छ। स्थानीय स्तरमा यस्ता प्रतियोगिताहरूको आयोजना हुनु र युवाहरूलाई अवसर प्रदान गरिनु सकारात्मक प्रयासका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »