कोहलपुर मदनचोकमा तीज विशेष एकल नृत्य प्रतियोगिता भव्यतापूर्वक सम्पन्न

कोहलपुर ।
मदनचोक बजार व्यवस्थापन समितिको आयोजना तथा कोहलपुर बागिना कला केन्द्रको व्यवस्थापनमा तीज विशेष एकल नृत्य प्रतियोगिता–२०८२ (भाद्र १० गते) कोहलपुर–३, मदनचोकमा भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णा केसि (नमुना) प्रमुख अतिथि रहनु भएको थियो भने कोहलपुर नगरपालिका–३ का वडा अध्यक्ष माधव रिजाल विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनाल अतिथि रहनुभएको थियो। सो कार्यक्रममा अध्यक्षता गोपाल प्रसाद अधिकारीले गर्नुभएको थियो।

प्रतियोगितामा दर्जनौं सहभागीबीच कडा प्रतिस्पर्धा हुँदै अन्ततः :

प्रथम स्थान: कोहलपुर सेकेन्डरी विद्यालयकी समीक्षा रिजाल (पुरस्कार रु. ११,१११)

दोस्रो स्थान: बागेश्वरी एकेडेमी, कोहलपुर–१० चटारकी अनु चौधरी (पुरस्कार रु. ७,१११)

तेस्रो स्थान: बागेश्वरी एकेडेमी, कोहलपुर–१० चटारकी निन्सि रावल (पुरस्कार रु. ५,१११)

विजेताहरुलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमलाई अझ आकर्षक बनाउन स्थानीय कलाकारहरुले तीज गीतमा विशेष प्रस्तुति दिएका थिए। कार्यक्रमलाई सफल बनाउन सुहाना क्रियसन र महारानी ब्युटी एकेडेमी मुख्य प्रायोजक, कोहलपुर बागेश्वरी ई.मि. स्कुल प्रायोजक तथा कोहलपुर फोटो फ्रेम उद्योग र बारिष्टा मास्टरी क्याफे सह–प्रायोजक रहेका थिए।

आयोजक समितिका अनुसार यस्ता प्रतियोगिताले सांस्कृतिक परम्पराको संरक्षण र युवा पुस्तामा कला–संस्कृतिप्रति अभिरुचि बढाउने विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »