कोहलपुर न्युरोड नजिकै रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सरसफाइ अभियान सम्पन्न भएको छ ।युनाइटेड भिजन क्रिकेट क्लबले कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सरसफाइ अभियान सम्पन्न गरेको छ। यस अभियानमा क्लबका सदस्यहरू र स्थानीय स्वयंसेवकहरूको सहभागिता रहेको थियो। उनीहरूले मैदानको फोहोर संकलन, झाडीहरूको कटान, र समग्र सरसफाइ कार्यहरू सम्पन्न गरेका छन्। यस पहलले स्थानीय समुदायमा सरसफाइको महत्त्वबारे जागरूकता फैलाएको छ।
यो अभियानले खेलमैदानलाई सफा राख्नमात्र नभई वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गरेको छ। क्लबलाई धन्यवाद र भविष्यका यस्ता प्रयासका लागि शुभकामना