“बागेश्वरी वेस्टर्न स्कुलले सुरु गर्‍यो विद्यालयस्तरीय प्रिमियर लिग क्रिकेट”

राप्तीसोनारी–२, मधुई (बाँके) –
बाँकेको राप्तीसोनारी–२ मधुईमा अवस्थित बागेश्वरी वेस्टर्न इंग्लिश मिडियम स्कूलले पहिलोपटक जुनियर तहका विद्यार्थीहरूका लागि ‘बागेश्वरी वेस्टर्न प्रिमियर लिग (BWPL)’ आयोजना गर्ने भएको छ। तीन दिने यो प्रतियोगिता साउन २९ देखि ३१ गतेसम्म (अगस्ट १४–१६) मधुई मैदानमा सम्पन्न हुनेछ।

Oplus_131072

फ्रेन्चाइज मोडेलमा आधारित प्रतियोगितामा तीन टिमको सहभागिता रहनेछ। खेल सिंगल राउण्ड–रोबिन लिग ढाँचामा हुनेछ, जसअनुसार शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् भने तेस्रो टिम प्रतियोगिताबाट बाहिरिनेछ।

टिम छनोट अक्सन प्रक्रियाबाट गरिनेछ। सहभागी विद्यार्थीहरूलाई Grade A, B र C मा वर्गीकरण गरिनेछ भने प्रत्येक टिममा एक जना ‘मार्की खेलाडी’ अनिवार्यरूपमा समावेश गरिनेछ।

विद्यालयका प्रिन्सिपल विष्णु बि.क. का अनुसार प्रतियोगिताको उद्देश्य साना विद्यार्थीहरूमा क्रिकेटप्रतिको रुचि विकास गर्नु, व्यावसायिक अनुभूति दिलाउनु र खेलकुदप्रतिको आकर्षण बढाउनु हो।

सहभागी टिम विवरणः

  1. बागेश्वरी वेस्टर्न ब्लेजर्स

मालिक: विष्णु के.सी

कोच/प्रबन्धक: सुमन सेजवाल

मार्की खेलाडी: फेलिक्स बि.के

ब्रान्ड एम्बेसेडर: प्रेम बहादुर भण्डारी

  1. रोयल राप्तीसोनारी स्ट्राइकर्स

मालिक: हरि जङ के.सी

कोच/प्रबन्धक: कमल परियार

मार्की खेलाडी: रोहन ओली

ब्रान्ड एम्बेसेडर: ओमराज ओली

  1. क्रिकेट वारियर्स मधुई

मालिक: सन्दीप ओली

कोच/प्रबन्धक: कुमार गौतम

मार्की खेलाडी: संजोक बि.एम

ब्रान्ड एम्बेसेडर: गणेश ओली

प्रतियोगिताको विजेता टिमले १०,००० रुपैयाँ नगद, ट्रफी र पदक प्राप्त गर्नेछ। साथै, म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानजस्ता व्यक्तिगत उपाधिहरू पनि प्रदान गरिनेछ।

बालमैत्री वातावरणमा क्रिकेट: BWPL ले बालकहरूमा खेल भावना जगाउने

शिक्षासँगै खेलकुदमा समेत विद्यार्थीहरूको आत्मविश्वास र सिप विकास गर्न BWPL ले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। प्रतियोगिता स्थानीयस्तरमै व्यावसायिक ढाँचामा आयोजना गर्न सकिएको यो प्रयास स्वागतयोग्य भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »