बाँके, कोहलपुर – आज दिउँसो करिब ३ बजेतिर बाँके जिल्ला कोहलपुर नगरपालिका–१४, हवल्दारपुरमा अबैध भन्सार छलिएको सामग्री बरामद भएको छ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, कोहलपुर–१४ का स्थायी बासिन्दा र हाल कोहलपुर–९ बस्ने जसिराम रावलले भाडामा सटर लिएर गोदाम सञ्चालन गर्दै आएका थिए। प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको निगरानीका क्रममा क प्र ०२–००१ ख ०६०३ नम्बरको ट्रकमा चिनी, सिमीको दाल, सनफलावर, बिडी र ट्रकमा लोड गरिरहेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिइएको छ।
बरामद गरिएको समान तथा सवारीसाधनको कुल मूल्य करिब २१ लाख ७८ हजार ४ सय रुपैयाँ रहेको बताइएको छ। पक्राउ परेका व्यक्ति र बरामद सामग्री भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि बुझाइएको छ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले यसअघि पनि यस्ता अबैध भन्सार छलीका घटनाहरू बढिरहेको बताउँदै निरन्तर निगरानी र कारबाही भइरहेको बताउनु भएको छ ।