कोहलपुर,बाँके आसन्न नेकपा एमालेको नवौं बााके जिल्ला अधिबेशनका बलिया उम्मेदवारको रुपमा वलराम भट्टराई उदाएका छन । कोहलपुरबाट राजनितिमा संलग्न सचिवका बलिया दावेदार भट्टराई २०४५ सालमा सरस्वती संस्कृत माध्यामिक बिद्यालय बर्दियाबाट अनेरास्ववियु झण्डामुनि गोलबद्ध हुदै आफनो राजनैतिक क्यारीयरको शुरुवात गरेका थिए । बर्दियामा रहेर विद्यार्थीका बिभिन्न फाँटमा काम गर्दै २०५६ सालमा अनेरास्ववियु बर्दिया जिल्ला कमिटीका अध्यक्ष भएका भट्टराईले २०५४ सालमा पार्टि संगठित सदस्य लिएका लिएका थिए ।
२०६५ देखि कोहलपुर बसाई सर्दै पार्टिको रक्त रंजित झण्डामुनि रहेर २०६६ मा कोहलपुर गाउ कमिटी सचिव, २०६८ मा बाँके क्षेत्र नं। १ सचिव, २०६९ मा बाँके क्षेत्र नं। १ अध्यक्ष तथा २०७९ सालमा बाँके क्षेत्र नं। १ निर्वाचन परिचालन कमिटी संयोजक रहदै उक्त निर्वाचन क्षेत्रबाट आफना उम्मेदवार सुर्य प्रसाद ढकाललाई संघिय सांसद बनाउन समेत सफल भएका थिए ।
यस अघि उक्त निर्वाचन क्षेत्रमा बिभिन्न संगठन निर्माण तथा पार्टि प्रबेश गराउदै कुशल संगठन निर्माणमा माहिर बलराम भट्टराईले २०७० सालको संविधान सभाको चुनावमा उनीद्धारा गठित कमिटीको बलमा देवराज भारले समेत चुनाव जितेका थिए । हाल जिल्ला कमिटी सचिवालय सदस्य, क्षेत्र नं. १ संयोजक एबं संगठन विभाग उप प्रमुखको जिम्मेवारीमा रहेका भट्टराई जिल्लाको आसन्न अधिबेशनमा आफुलाई सचिव पदमा उभ्याएका हुन । संगठन निर्माण र राम्रो मोटिभेसन पावर भएका भट्टराईलाई यस पटकको जिल्ला अधिबेशनले के मुल्यांकन गर्ला त्यो भने हेर्न बाँकी नै छ ।
सचिवका उम्मेदवार मध्य अव्वल उम्मेदवार मानिएका वलराम भट्टराई देखिएका पछि नेपालगञ्जले अध्यक्ष पाउने भएपछि कोहलपुरले स्वत सचिव पाउनेमा उनी ढुक्क छन । तर संगठन निर्माण र ग्रामिण स्तर सम्म सांगठनिक रुपले बलियो देखिएका भट्टराईले चुनावी प्रक्रियामा गएपनि आफनो जित सुनिश्चित भएको दावि गर्छन ।
सहमती भए कोहलपुरले सचिव पाउछ, निर्वाचन भएपनि म जित्नेमा ढुक्क छु भट्टराईले संवाददाताहरुसंगको कुराकानिका क्रममा भने । त्यसो त खिल प्रसाद भुषाल पनि कोहलपुरकै भएकाले प्रतिस्पर्धा नहोला भन्न सकिन्न । प्रतिस्पर्धा भएको खण्डमा सचिव पद पनि नेपालगञ्ज क्षेत्रतिर जाने आशंका एमाले कार्यकर्ताहरुको रहेको छ । दत्त प्रसाद आचार्य र भिम बहादुर वलि पनि सचिवका वलिया उम्मेदवार भएकाले निर्वाचन नै भएपछि निकै कडा प्रर्तिस्पर्धा हुने प्राय निश्चित छ ।
खिल प्रसाद भुषाल लुम्विनी प्रदेश सदस्य भईसकेका नेता भएका कारण पनि जिल्ला सचिव पदवाट ब्याक हुन सक्ने एक थरिको आकलन भएपनि हक्कि, निडर र सिद्धान्तबद्ध रुपले अगाडि बढन रुचाउने भुषालको उम्मेदवारी फिर्ता गराउन भने ठुलै पापड पेल्नुपर्ने एमाले नेताहरुको बुझाई छ ।
एमाले बाँके जिल्ला सचिबका बलिया उम्मेदवार बलराम भट्टराई